IME Life New

बिटक्वाइन बजारमा हाहाकार, अडानी र अम्बानीको सम्पत्ति बराबरको रकम स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दी आउने डरकाबीच आज विश्व शेयर बजारमा भारी गिरावट आएको छ। यसको प्रभाव क्रिप्टोकरेन्सी बजारमा पनि देखिएको छ।

विश्वको सबैभन्दा ठूलो, पुरानो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइन सोमबार एक महिनाको न्यून विन्दुमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार बिटक्वाइन प्रतिइकाइ १३.३ प्रतिशतको गिरावटका साथ ५२ हजार ५८६ डलरमा कारोबार भइरहेको थियो। एसियाली बजारको प्रारम्भिक कारोबारमा बिटक्वाइन ४९ हजार १२१ डलरमा झरेको थियो। यस कारण यसको मूल्य २२० अर्बले घटेको छ। जुन मुकेश अम्बानी (११३ अर्ब डलर) र गौतम अडानी (११० अर्ब डलर) को कुल सम्पत्ति बराबर रहेको छ।

Esewa
Crest

बिटक्वाइनसँगै इथेरियममा पनि ठूलो गिरावट आएको छ। यसले यस वर्षको आफ्नो बढोत्तरी एकै झट्कामा गुमाएको छ।

अमेरिकाको पछिल्लो आँकडाले शेयर बजारका लगानीकर्ता निकै डराएको विज्ञहरु बताउँछन्। अमेरिकामा रोजगारी वृद्धि जुलाईमा अपेक्षा गरिएको भन्दा धेरै कम थियो। श्रम विभागका अनुसार जुलाईमा मात्रै १ लाख १४ हजार गैरकृषि रोजगारी सिर्जना भएको थियो। जुन अनुमानित १ लाख ७५ हजारभन्दा निकै कम हो। साथै, अमेरिकामा बेरोजगारी दर पनि बढेर ४.३ प्रतिशत पुगेको छ। जुन ३ वर्षयताकै उच्चस्तरको नजिक छ।

बैंक अफ जापानको ब्याजदर ०.२५ प्रतिशतमा बढाउने र ऋणपत्र खरिद घटाउने निर्णयले बिक्रीलाई थप उकासिएको थियो। यसले येनको मूल्य बढाएको छ। यो कदमले विश्व बजारमा बेचबिखनमा योगदान पुर्याएको छ। यसले अमेरिकी टेक्नोलोजी स्टक र फराकिलो विश्वव्यापी बजारलाई असर गरेको छ। भूराजनीतिक तनावले पनि बजारको मनोबललाई असर गरेको छ। इरान र इजरायलबीच युद्ध हुने डर बढेको छ। यी सबै कारणले शेयर बजारसँगै क्रिप्टो बजार पनि डुबेको विश्लेषकहरु बताउँछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS