IME Life New

बिजबजारको ‘२० मा बिज’, होली पर्वको उपलक्ष्यमा आकर्षक छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पेनिङ अन्तर्गत फाल्गुन महिनाको क्याम्पेनिङ १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ । क्याम्पेनिङका केही योजनाहरू फाल्गुन २५ गतेसम्म उपलब्ध हुने तथा यस पटकको २० मा बिज होली पर्वलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।

Esewa
Crest

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन अन्तर्गतको इलेक्ट्रोनिक्स हाई टिच होलि योजनामा ५० प्रतिशत सम्म, एपेरियलःस्प्लास इनटु स्टाइल योजनामा ६० प्रतिशत सम्म, होम डेकोर एण्ड फर्निचरः होलि फाइ होम योजनामा ५० प्रतिशत सम्म, हेल्थ एण्ड ब्युटि कलर मि ह्यापि योजनामा ५० प्रतिशत सम्म र ओमन डे स्पेशल होलि डे वीथ हर योजनामा ६० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै सेवाग्राहीहरूले फाल्गुन २० र २१ गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा बिज का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेनिङ प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS