IME Life New

बाल आश्रमलाई सहयोग गरी मनायो इन्फिनिटी लघुवित्तले पाँचौं वार्षिक स्थापना दिवस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक स्थापना दिवस मनाएको छ । पाँचौं वार्षिक उत्सवको पुर्व सन्ध्यामा गैंडाकोट नगरपालिका वडा नं १ मा रहेको नव जिवन अपाङ्ग बाल आश्रममा रहेका अपाङ्ग बालबालिकाहरुका लागि संस्थाको तर्फबाट सहयोग सामाग्री वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा गैंडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्त रुपमा गरे ।

२०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३ पौष १७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी २०७३ माघ ७ बाट संस्थाले कारोबार सुरु गरेको थियो ।

Esewa
Crest

संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ । यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी मिति २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४१ जिल्लामा रहेको छ ।

वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका मानिसहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS