IME Life New

बाढी पीडितको राहतका लागि एलआइसी नेपालले सरकारलाई दियो ३१ लाख रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (एलआइसी नेपाल) ले सरकारलाई बाढी पीडितको राहतका लागि ३१ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमवापतको नमूना चेक हस्तान्तरण गरेका हुन् । सहयोग राशीवापतको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ।

Esewa
Crest

कम्पनी सचिव सुदर्शन गिरीले देशभर बाढी पहिरोका कारण पुगेको क्षतिमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत तत्कालै राहत पुर्‍याउने उद्देश्यले सहयोग राशी उपलब्ध गराइएको जानकारी दिए ।

बाढी पीडितको राहत र उद्धारका लागि सरकारी कोषमा योगदानका लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणले शुक्रबार सबै बीमकलाई निर्देशन दिएको थियो ।

गत साताको अन्त्यतिरको अबिरल वर्षासँगै बाढी पहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ। असोज ११ र १२ गतेको बाढी पहिरोका कारण देशभर जलविद्युत, उर्जा परियोजना, पुल, सडक, निजी तथा संस्थागत आवासीय भवन, उद्योग, कलकारखाना, व्यापारिक गोदाम लगायतमा १७ अर्ब रूपैयाँभन्दा बढीको सम्पत्ती नोक्सान भएको सरकारको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS