IME Life New

बहुआयामिक महत्वका जलविद्युत आयोजनाहरु कर्णाली प्रदेशमा, देशको आर्थिक उन्नतिका लागि महत्वपूर्ण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा छैनन्। केही ठूला र महत्वपूर्ण जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन्। आर्थिक वर्ष २०७९/८० सम्म ११ वटा जलविद्युत आयोजनाबाट कुल १८.५४ मे.वा. विद्युत उत्पादन भएको छ। अन्य थुप्रै जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्।

Esewa
Crest

निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरु

दैलेख जिल्लामा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।

त्यस्तै, कालीकोट जिल्लामा १६ मेगावाट क्षमताको रुरुबन्चु खोला (पहिलो), १२ मेगावाट क्षमताको रुरुबन्चु खोला (दोस्रो), ४४० मेगावाट क्षमतको तिला (पहिलो) र ४२० मेगावाट क्षमतको तिला (दोस्रो) जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ। खत्याड खोला जलविद्युत आयोजना (०.५० मे.वा.) मुगु, सिमरुतु खोला जलविद्युत आयोजना (०.२० मे.वा.) रुकुम पश्चिम, सानी भेरी जलविद्युत आयोजना (०.३० मे.वा.) रुकुम पश्चिम, आँखे खोला जलविद्युत आयोजना (०.७५ मे.वा.) डोल्पा, चुकेनी खोला जलविद्युत आयोजना (०.९९ मे.वा.) जुम्ला, जल्दी गाड जलविद्युत आयोजना (२१ मे.वा.) रुकुम पश्चिम, स्यार्पु जलविद्युत आयोजना (३.३ मे.वा.) रुकुम पश्चिम, सौर्य ऊर्जा आयोजना (०.९९ मे.वा.) जुम्ला, सौर्य ऊर्जा आयोजना (०.३० मे.वा.) मुगु, सौर्य ऊर्जा आयोजना (०.६२ मे.वा.) डोल्पा, र सौर्य ऊर्जा आयोजना (१ मे.वा.) हुम्लामा गरी जम्मा १७ वटा आयोजना निर्माणाधीन अवस्थामा छन्।

आ.व. २०७९/८० सम्ममा यस प्रदेशमा आयोजना निर्माण अनुमतिका लागि ९ वटा आयोजनाहरुको निवेदन परेका छन् भने आयोजना अध्ययनका लागि ६ वटा आयोजनाहरुको निवेदन परेका छन्।

कर्णाली प्रदेशका महत्वपूर्ण जलविद्युत आयोजना

माथिल्लो कर्णाली जलविद्युत आयोजना

माथिल्लो कर्णाली जलविद्युत आयोजना कर्णाली नदीमा प्रस्तावित रन अफ द रिभर जलविद्युत आयोजना हो। यो आयोजना दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. १ सात्तलाको डाब र अछाम जिल्लाको केही भागसमेत पर्दछ। यो आयोजनाको विद्युत उत्पादन क्षमता ९०० मेगावाट रहेको छ। यो आयोजना निर्माण गर्ने जिम्मा नेपाल सरकारले भारतीय कम्पनी जीएमआरलाई दिएको छ। यस आयोजनाबाट उत्पादन हुने अधिकांश बिजुली बंगलादेश (५०० मेगावाट) र भारत (२९२ मेगावाट) दुवैतर्फ ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत निर्यात गर्ने तय गरिएको छ। बाँकी रहेको कुल विद्युतको १०८ मेगावाट नेपाल सरकारले प्राप्त गर्नेछ।

सन् १९९० मा पहिलोपटक सानो स्केल २४० मेगावाट सुविधाका रुपमा योजना गरिएकोमा हालको ९०० मेगावाट डिजाइन २००८ मा स्वीकृत भएको थियो। लामो समयदेखि यो आयोजनाको कार्य गर्ने भनिए पनि उत्पादनको जिम्मा पाएको कम्पनीले कार्य गर्न नसकी पटकपटक म्याद थपिँदै आएको छ। नेपालको ठूलो आयोजना मध्येको यस आयोजना समयमै सम्पन्न भएका देशमा आवश्यक विद्युतको परिपूर्ति हुनुका साथै ठूलो मात्रामा विद्युत निर्यातको सम्भावना छ। भारत र बंगलादेशमा विद्युत आपूर्ति हुने निर्यातमुखी आयोजना भएकोले समयममै विद्युत उत्पादन गर्नसके यसले नेपालको विकासका लागि बहुआयामिक महत्व राख्दछ।

बेतन कर्णाली जलविद्युत आयोजना

४३९ मेगावाट विद्युत क्षमताको बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना हो। जुन कर्णाली प्रदेश सर्खेत जिल्लाको चौकुनेगाउँपालिका वडा न.४, ५, ६ र पञ्चपुरी नगरपालिका वडा न. ७ साथै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिको वडा नं. ६, ७ र तुर्माखाद गाउँपालिकाका वडा न. ३, ४ र ५ को क्षेत्र भित्र अवस्थित छ।

जलविद्युतको उत्पादन वृद्धि गरी ऊर्जाको निरन्तर बढ्दो माग पूरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ। साथै, रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने देखिन्छ। यो आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुका साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्री गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ।

फुकोट कर्णाली जलविद्युत आयोजना

प्रधानमन्त्रीको भारत भ्रमणमा फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना भारतीय सरकारी कम्पनीले लगानी गर्ने सम्झौता भएको छ। यस आयोजनाको विद्युत उत्पादन क्षमता ४८० मेगावाट रहेको छ।

नेपालका तर्फबाट विद्युत उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाएर यस आयोजनाको विकास गर्ने गरी सम्झौता भएको छ। एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ।

यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ। जलविद्युतको राष्ट्रिय उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पूरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भूमिका हुने देखिन्छ। साथै, रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने छन्। यो आयोजना निर्माण भई सञ्चालन भएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्री गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS