IME Life New

बस सेवा दशौँ वर्षमा प्रवेश, दश दिनसम्म १० जनाले नि:शुल्क यात्रा गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकेटिङ्ग सेवा प्रदायक बस सेवा डटकम दशौँ वर्षमा प्रवेश गरेको छ । बस सेवा टुर्स एण्ड ट्राभल्सले  २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको थियाे ।

यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Esewa
Crest

हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् । यो बिचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौको ढुङ्गे अड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक बिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्थापना भएको अर्को वर्ष अर्थात् २०७२ सालमा विनासकारी भूकम्प, नाकाबन्दी, जस्ता कुराको मार खेपेको बससेवाले यो बिचमा कोभिड महामारीका कारण भएको लकडाउनमा पनि लामो समय समस्या झेल्नुपर्यो । अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शुन्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरेपनि हाल बससेवाप्रति आम यातायात व्यवसायी र यात्री आकर्षित् हुँदै गएका छन् ।

दशौँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने ‘ बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो । हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहान्छु । आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौँ ’।

यसैबिच बससेवाले १० औँ वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निःशुल्क यात्रा गर्न सक्ने याेजना सार्वजनिक गरेको छ । हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेसबुकपेज मार्फत सार्वजनिक गरिनेछ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदायक हो । यात्रुहरुले कुनैपनि गन्तव्यका टिकट सहजै बस सेवा डटकम र बससेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS