IME Life New

बर्नार्डलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै धनीव्यक्ति, २०० अर्ब डलरको क्लबमा बेजोस मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको प्रमुख ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस फेरि एकपटक विश्वकै धनीव्यक्ति बन्न सफल भएका छन्। उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार बेजोसको कुल सम्पत्ति २०१ अर्ब डलर पुगेको छ। उनको कुल सम्पत्ति बुधबार २.१६ अर्ब डलरले बढेको थियो। यो वर्ष उनको कुल सम्पत्ति २४ अर्ब डलरले बढेको छ।

Esewa
Crest

अर्कोतर्फ अर्नाल्टको नेटवर्थ बुधबार २.८० अर्ब डलरले घटेको छ र उनी १९९ बिलियन डलरको नेटवर्थका साथ दोस्रो स्थानमा झरेका छन्। यसरी २०० अर्ब डलरको क्लबमा अब बेजोसमात्र बाँकी छन्।

यसैबीच टेस्लाका सीईओ एलन मस्कको नेटवर्थ बुधबार ३.१ अर्ब डलरले बढेर १८९ अर्ब डलर पुगेको छ। यो वर्ष उनको कुल सम्पत्ति ४०.२ अर्ब डलरले घटेको छ। उनी विश्वका धनीव्यक्तिको सूचीमा तेस्रो स्थानमा छन्।

विश्वका धनीव्यक्तिको सूचीमा मार्क जुकरबर्ग १७९ अर्ब डलरको कुल सम्पत्तिका साथ चौथो स्थानमा र १५३ अर्ब डलरको कुल सम्पत्तिका साथ पाँचौँ स्थानमा बिल गेट्स छन्। यो सूचीमा स्टिभ बाल्मर (१४७ अर्ब डलर) छैटौँ, ल्यारी एलिसन (१४२ अर्ब डलर) सातौँ, वारेन बफेट (१३८ अर्ब डलर) आठौँ, ल्यारी पेज (१३५ अर्ब डलर) नवौँ र सेर्गे ब्रिन (१२८ अर्ब डलर) दसौँ स्थानमा

छिमेकी मुलुक भारतका मुकेश अम्बानी ११० अर्ब डलरसहित ११औँ स्थानमा र ९५.७ अर्ब डलरका साथ गौतम अडानी १६औँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS