IME Life New

बम्पर लाभांश पारित तथा मर्जर प्रस्ताव राखी जीवन विकास लघुवित्तले बोलायो एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । जीवन विकास लघुवित्तले चैत २५ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय, कटहरी २ मोरङमा बिहान १०ः३० बजे शुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरि कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, वित्तीय संस्थाको अधिकृत पूँजी रु। १ अर्बबाट बृद्धि गरी रु। २ अर्ब पुयाउने, बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभाले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड १ र थप गर्ने, वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने, अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धिरथप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धिरथप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने, यस वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १२ गतेदेखि चैत्र २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS