IME Life New

बन्दीपुरमा तीज सप्ताह उत्सव हुने, पर्यटकलाई केबलकारमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा यही भदौ १६ गतेदेखि २३ गतेसम्म साताव्यापी बृहत्तर ‘तीज सप्ताह उत्सव’ आयोजना गरिने भएको छ।

उत्सव कार्यक्रमअन्तर्गत बृहत् खुला तीज गीत प्रतियोगिता, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचनसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ। त्यसैगरी हालसम्म बाहिरी दुनियाँसँग कम प्रचारित धार्मिक शक्तिपीठहरु जुन बन्दीपुरमा अवस्थित छन्, सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्वासिनी मन्दिर, तिनधारे ज्योतिर्लिंग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवीलगायतका मातृशक्ति रुपी देवीको दर्शन गराउने र सबै माझ यिनीहरुको महिमा एवं शक्तिबारे परिचित गराउने कार्यक्रम समेत रहेको छ। उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटक भित्र्याउने उद्देश्यसहित बन्दीपुरमा क्रियाशील सबै संघसंस्थाको सहकार्य र बन्दीपुर तीज सप्ताह उत्सव आयोजक समितिको आयोजनामा यस प्रकारको भव्य कार्यक्रम घोषणा गरिएको समितिका संयोजक किरण पोखरेलले बताए।

Esewa
Crest

चन्द्र निर्माण सेवा पोखरा मुख्य प्रायोजक र डिजाइन स्टेसन काठमाडौं सहप्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाले विभिन्न विधाका लागि प्रायोजन गर्नेसमेत घोषणा गरेका छन्।

कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर ‘माँखड्गदेवी मन्दिर’ प्राँगणमा हुने आयोजकले जनाएको छ। तीज गीत प्रतियोगिताका लागि कम्तीमा ३० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउने छन्।

तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु। १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्वितीयलाई रु। ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु. ५० हजार र प्रमाणपत्र र अन्यलाई रु. २५ हजार र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिनेछ। यस अवसरमा बन्दीपुर केबलकारले सांस्कृतिक पर्यटकका लागि विशेष छुटसमेत घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS