IME Life New

बढाएर सार्वजनिक गर्यो रिलायबल लाइफले बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने, कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भदौ ८ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले २० रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षकोको तुलनामा यस वर्ष बोनसदर बढाएर सार्वजनिक गरेको छ ।

Esewa
Crest

रिलायबल सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको २२२ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

लघु सावधिक जीवन बीमा योजना
लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । यस बीमालेख कम्पनीले २ हजार ६३६ वटा विक्री गरेको जनाएको छ ।

रिलायबल सजिलो जीवन बीमा योजना( एकल तथा सिमित अवधि भुक्तानी)
रिलायबल सजिलो जीवन बीमा योजना( एकल तथा सिमित अवधि भुक्तानी) को हकमा कम्पनीले सबै बीमा अवधिको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले यस बीमालेख ८१३ वटा विक्री गरेको छ ।

रिलायबल सुलभ जीवन बीमालेख
रिलायबल सुलभ जीवन बीमा योजनाको हकमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको २३ हजार २ सय ८ वटा बिक्री भएको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख)
रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख) को हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४ सय ५३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमा योजना
सावाधिक तथा आजीवन बीमा योजनाको हकमा कम्पनीले पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ ।

यस बीमालेखमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको विक्री भएको छ । जुन वर्ष अवधिको बीमालेख ३ हजार २१ वटा विक्री भएको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोन पाउनेछन् ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

माथि उल्लेखित बोनसदर मुत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पन मुल्य दाबी, चुक्ता मुल्य तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै अर्को बीमाङकीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पुर्ण दाबीहरुमा समेत सोही अनुसारको बोनसदर कायम गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS