IME Life New

प्रचण्ड विरुद्ध मुद्धा दर्ता गर्न मिल्दैनः माओवादी केन्द्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रचण्ड विरुद्ध मुद्धा दर्ता गर्न नमिल्ने माओवादी केन्द्रले जनाएको छ । जनयुद्धको क्रममा भएका घटना बारे वृहद शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपन तथा बेपत्ता छानविन आयोग गठित भई न्यायिक कारवाही गर्न क्रियाशिल रहेको हुँदा यसमा दखल पुग्ने गरी सर्वाेच्चले मुद्धा दर्ता गर्न नमिल्ने जनाएको छ ।

ज्ञानेन्द्र राज आरणलेप्रचण्ड उपर दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपिठ गरेको आदेशलाई अदालतका न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश हरि फुयाँलको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा शुक्रबार आदेश जारी भएको थियो ।

Esewa
Crest

‘रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौँ,’ भन्दै माओवादी केन्द्रले विज्ञप्ती जारी गरेको छ । । सङ्क्रमणकालीन न्यायको मूल्य मान्यता विपरीत हुने कार्यहरू र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौती सिर्जना हुने पार्टीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS