IME Life New

बजार गिरावटको प्रभाव : अधिकांश वाणिज्य बैंकको मूल्य ३०० मुनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ । नेप्से परिसूचकमा गिरावट आएसँगै वाणिज्य बैंकको शेयर मूल्यपनि धेरै सस्तिएको छ । नेप्सेमा कारोवार हुने २३ वाणिज्य बैंकहरुको आसौत मूल्य ३४९ दशमवल ४० रुपैयाँ मात्र छ । २३ वाणिज्य बैंक मध्ये नबिल बैंकको शेयर मूल्य सर्वाधिक ९७१ रुपैयाँ छ भने दोश्रोमा एनआईसी एशिया बैंकको शयर मूल्य ७५७ रुपैयाँ छ भने तेश्रोमा एभरेष्ट बैंकको शेयर मूल्य भने ५१९ रुपैयाँ छ।

१३ वाणिज्य बैंकको शेयर मूल्य ३०० मुनी आएको छ । यसरी ५६ प्रतिशत भन्दा धेरै वाणिज्य बैंकको शेयर मूल्य ३०० रुपैयाँ भन्दा मुनी रहेको छ। ३०० मुनी बजार मूल्य हुने वाणिज्य बैंकमा ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स् बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, सनराईज बैंक, मेगा बैंक, एनसीसी बैंक, कुमारी बैंक, सिभिल बैंक र सेञ्चुरी कर्मर्सियल बैंक रहेका छन् ।

Esewa
Crest

प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात र अन्य आधारभूत पक्षलाई दाँजेर हेर्दा वाणिज्य बैंक “अण्डरभ्यालुड” क्षेत्रको रुपमा लिन सकिन्छ । यसरी नयाँ लगानीकर्तालाई शेयर बजारको अनुभव लिनको लागि यस प्रकारका शेयरहरु उपयुक्त हुने देखिन्छ ।

नेप्से परिसूचकले २०७८ साल भाद्र २ गते “ईण्ट्राडे”मा ३२०० विन्दु माथि पुगेर इतिहास रचे यता शेयर बजार निकै ठूलो गिरावट आएको  छ । कर्जा योग्य तरलतामा चाप र उच्च व्याज दरले गर्दा समस्त दोश्रो बजारलाई नकारात्मक असर पुगेको देखिन्छ । यसरी बजारको ठूलो गिरावटले गर्दा वाणिज्य बैंकको शेयर मूल्य पनि निकै सस्स्तिएको अनुभव गर्न सकिन्छ। नेप्सेमा हाल २३ वाणिज्य बैंकहरुको शेयर कारोवार हुँदै आएको छ। नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको भने शेयर कारोवार रोकिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS