IME Life New

बजारमा ८%ले बढ्यो नगद परिचालन, सरकारी कोषमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन ८ प्रतिशत बढीले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा वैशाखसम्म ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो १० महिनामा नगद परिचालन ८.६१ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो १० महिनामा सरकारी कोष ४५७.३८ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। वैशाखसम्म सरकारी कोषको आकार बढेर २ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

वैशाखसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ४७ करोड १ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS