IME Life New

बजारमा फेरी छ्यापछ्याप्ती देखियो एक हजारका नक्कली नाेट, कसरी चिन्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं। झण्डै सक्कली जस्तै देखिने एक हजार दरका नक्कली नाेट बजारमा पुनः देखा पर्न थालेकाे छ। सर्वसाधारणलाई सक्कली र नक्कली नाेट पहिचान गर्न कठिनाई हुने भएकाले नक्कली नाेट प्रचलनमा ल्याएर सर्वसाधारणलाई ठगी गर्ने गिराेह पुनः सकृय भएका हुन् ।

नेपाल प्रहरीले पछिल्लाे पटक भक्तपुरबाट गत साउन २७ गते ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको थियाे । नक्कली नाेट छपाई गर्ने अन्य गिराेह अझै पनि सकृय रहेकाले सहकारी स‌ंस्था, बैंक वित्तीय संस्था र बीमा कम्पनीमा रकम जम्मा गर्न जाने ग्राहककाे साथबाट दैनिक जसाे केही मात्रामा नक्कली नाेट फेला परिरहेकाे छ । नक्कली नाेट अन्यत्रकाे तुलनामा बैंक तथा वित्तीय संस्थामा सहजै पहिचान हुने गरेकाे छ ।

Esewa
Crest

१) कागजकाे गुणस्तरः नाेटकाे काराेबार गर्दा थाेरै पनि सावधानी अपनाउन सकियाे भने ठगिनबाट जाेगिन स‌किन्छ। नक्कली नाेट पहिचान गर्ने सबैभन्दा सहज तरिका नाेटकाे लागी प्रयाेग भएकाे कागज गुणस्तर छामेर थाहा पाउने हाे । सक्कली नाेटलाई कच्याचकुचुक्क पारेर पुनः सिधा पार्दा लगभग पहिलेकै अवस्थामा फर्किन्छ, नाेटकाे कागजमा मुजा थाेरै मात्र देखा पर्छ। नक्कली नाेटलाई कच्याचकुचुक्क पारेर पुनः साेझ्याउँदा कागजमा धेरै मुजा परेकाे देखिन्छ, सक्कली नाेट जस्ताे सफा देखिंदैन। नक्कली नाेटकाे कागजकाे गुणस्तर सक्कली नाेटकाे भन्दा खराब हुन्छ।

एक हजार दरका सक्कली नाेटकाे मुखपृष्ठतर्फ आठवटा र पछाडीकाे पृष्ठमा ३ वटा सुरक्षा स‌ंकेतहरू राखिएका हुन्छन्। यी सुरक्षा संकेतहरू हेरेर र छामेर थाहा पाउन सकिन्छ।

२) पानी छापः

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट बत्ती वा घामकाे उज्यालाेकाे माध्यमबाट नोटमा प्रकाश पार्दा लालीगुँरासको पानी छाप स्पष्ट देखिन्छ । नोटको अग्रभागमा भएकाे नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत र पृष्ठ भागमा हात्ती भएको भाग नाेटकाे दुबै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र बाँकी अंश नोटको पृष्ठ भागमा नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा स्पष्ट देखिन्छ ।

३) सुरक्षण धागोः

नाेटकाे कागजसँगै गाँसिएकाे धातुकाे सुरक्षण धागोमा अंग्रेजीमा एनआरबी लेखिएकाे हुन्छ। नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पुरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ ।

४) मुद्रित शब्दः

नोटमा लेखिएकाे ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ’  भन्ने वाक्य पनि  छामेर थाहा पाउन सकिन्छ। यसैगरी भगवतीको आकृति र फरक क्षमता भएका दृष्टिविहीनका लागि राखिएका तीनवटा गोलाकार थोप्ला पनि नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । नाेट छाम्दा यी सुरक्षा संकेतहरू नाेटकाे सतहभन्दा थाेरै माथि उचालिएकाे जस्ताे अनुभव हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS