IME Life New

बजारमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको यस्तो पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग एक पटकमा सात लाख रुपैयाँ भन्दा बढीको कारोबारको सम्पूर्ण विवरण माग गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले क वर्गको सम्पूर्ण वाणिज्य बैंकहरुलाई माघ २४ गतेभित्र चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा भएको कारोबारको विवरण इमेलमार्फत उपलब्ध गराउन निर्देशन जारी गरेको हो।

Esewa
Crest

विभाग अन्तर्गतको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ।

एक लाख रुपैयाँ वा सो भन्दा बढी रकम एक पटकमा बैंकिङ कारोबार गर्दा श्रोत खुलाउनुपर्ने प्रावधान रहेको छ। यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ।

राष्ट्र बैंकले नियमित अनुगमनका लागि कारोबार गर्ने ग्राहकको नाम, खाता नम्बर, कारोबार रकम, कारोबार मिति लगायतको विस्तृत तथ्याङ्क संकलन गर्न चाहेको छ।

औपचारिक बजारमा तरलता अभाव भइरहेको ‌बेला राष्ट्र बैंकको यस्तो पत्रले व्यापारी र सर्वसाधारणबीच अनावश्यक त्रास मात्र सिर्जना गर्ने बैंकरको टिप्पणी छ।

पछिल्लो समयमा दश लाख भन्दा कम रकम जम्मा र भुक्तानी गर्ने गरी श्रोत खुलाउनुपर्ने प्रावधान छल्न खोजिएको तथा विद्युतीय कारोबारमार्फत् ठूलो परिमाणमा कारोबार भइरहेको आशंकाको आधारमा राष्ट्र बैंकले विस्तृत अध्ययन गर्न तथ्याङ्क संकलन गरेको हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS