IME Life New

बजारमा तरलता अभावसँगै बीमालेख समर्पणमा दबाब बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय बजारमा तरलता अभाव कायमै रहँदा जीवन बीमा व्यवसायमा यसको दबाब बढ्न थालेको छ । विशेषगरी बीमालेख कर्जा र बीमालेख समर्पण गर्ने दर ह्वात्तै बढेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले प्रतिकृया दिएका छन् ।

जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुले अहिले बीमालेख समर्पण वृद्धि हुनुमा वित्तीय तरलताको अभाव मुख्य कारण देखिएको बताउँछन् । असार मसान्तममा बीमालेख समर्पण अस्वाभाविक रुपमा बढ्नुलाई नयाँ बीमा व्यवसायसँग जोड्नु केही हदसम्म स्वाभाविक होला, जीवन बीमक संघका एक पदाधिकारीले भने,तर केही महिनायता समर्पणको चाप लगभग सधैं उस्तै छ ।

Esewa
Crest

जीवन बीमालेख समर्पणको संख्या बढ्दै गएपछि नियामक बीमा समितिले चासो देखाएको छ । एक वर्षको अवधिभित्रै १२ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रकम बीमालेख समर्पणबाट बाहिरिएपछि बीमितको असन्तुष्टीको संकेतको रुपमा नियामकले यसलाई हेरेको छ ।

बीमा समितिले आर्थिक वर्ष २०७८।७९ को बीमालेख समर्पण सम्बन्धी तथ्यांक सार्वजनिक गरेकोमा एक वर्षको अवधिभित्र १२ अर्ब रुपैयाँ रकम बीमालेख समर्पणवापत बाहिरिएको छ । यो मध्ये ५ अर्ब रुपैयाँ नेपाल लाईफ इन्स्योरेन्सले नै भुक्तानी गरेको छ ।

कृत्रिमरुपमा व्यवसाय वृद्धिको तथ्यांक खडा गर्नको लागी जीवन बीमा कम्पनीको उच्च व्यवथापनले नियोजितरुपमै बीमालेख समर्पण गराउने र समर्पणवापतको रकमबाट पुनः नयाँ बीमालेख खरिद गर्न लगाउने गरेको आरोप लाग्दै आएको छ ।

बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले औपचारिक र अनौपचारिक कुराकानीको क्रममा े प्रमुख कार्यकारी अधिकृतहरुलाई समर्पण नियन्त्रण गर्न निर्देशन र अनुरोध सँगसँगै गर्दै आएका छन् ।

समर्पण दर बढ्दा बीमितले पाउने बोनश दरमा नकारात्मक असर पर्छ भन्नेमा हामी पूर्ण सचेत छौं,एकजना प्रमुख कार्यकारी अधिकृतले भने,तर समर्पण प्रस्ताव पूर्णरुपमा अस्वीकृत गर्न सक्ने अधिकार हामीलाई छैन, बीमितलाई बीमालेखको शर्त अनुसारको सुविधा हामीले दिनैपर्छ ।

बैंक तथा वित्तीय संस्थाको तुलनामा बीमालेख धितोमा कर्जाको ब्याजदर अधिकत्तम ११ प्रतिशतसम्म मात्र भएकाले पनि बीमालेख कर्जाको माग पनि अहिले वृद्धि भएको छ ।

बीमालेख समर्पण बढ्नुमा जीवन बीमा कम्पनीबीच जसरी पनि बढीभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्ने होडबाजी पनि एउटा प्रमुख कारक तत्व हो । तर अहिलेको अवस्था फरक रहेको र बीमा कम्पनीले भरपुर प्रयास गरेपनि दैनिकरुपमा ठूलो संख्यामा बीमालेख समर्पणको निवेदन आउन थालेको एक बीमा कम्पनीका प्रमुख कार्यकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS