IME Life New

बचतका लागि जीवन बीमा पोलिसी खरिद गर्ने भारतीय धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बचतका लागि जीवन बीमा पोलिसी खरिद गर्ने भारतीय धेरै रहेको पाइएको छ।

पर्फेक्ट प्लान का पार्टनरले हालै गरेको सर्भेक्षण यो नतिजा आएको हो। सर्भेमा सहभागी ५७ प्रतिशत उत्तरदाताले बचतका लागि आफूले जीवन बीमा पोलिसी खरिद गरेको उत्तर दिएका छन्।

Esewa
Crest

त्यस्तै ४४ प्रतिशत उत्तरदाताले परिवारको वित्तीय सुरक्षा र २६ प्रतिशतले छोराछोरीको भविष्यका लागि जीवन बीमा खरिद गरेको बताएका छन्।

भारतमा वित्तीय सुरक्षाका लागि बीमा पोलिसी गर्ने गरेको बलियो आधार भेटिए पनि पोलिसी समीक्षामा अझै धेरै अन्तर रहेको सर्भेका क्रममा भेटिएको छ। सर्भेमा सहभागी केवल ११ प्रतिशत उत्तरदाताले मात्रै आफूहरुले वार्षिक रुपमा पोलिसी समीक्षा गर्ने गरेको बताएका छन्। धेरैजसो उत्तरदाताले भने पोलिसी समीक्षा गर्नुपर्नेमा अनभिज्ञता प्रकट गरे।

सर्भेमा सहभागी ७० प्रतिशत उत्तरदाताले व्यक्तिगत लक्ष्यभन्दा पारिवारिक सुरक्षाप्रति बढी चिन्तित देखिए। करिब दुई तिहाइ (६४ प्रतिशत)ले टर्म इन्स्योरेन्स पोलिसी पहिल्यै नलिएकोमा पछुतो व्यक्त गरे भने २५ प्रतिशत उनीहरुको पोलिसी अनपेक्षित लागत कभर गर्नेमा ढुक्क देखिन्थे। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS