IME Life New

बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न, दाबी भुक्तानी नपाएको गुनासो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले पाल्पाको बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँलिकाकी अध्यक्षसरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, प्रमुख प्रशासकिय अधिकृत बद्रि नाथ लम्साल, सम्पुर्ण वडा कार्यालयका वडा अध्यक्षहरु तथा जनप्रतिनिहरु, बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यकालयका प्रमुख पुर्ण बहादुर थापा, बीमा प्राधिकरणका कर्मचारीहरु, स्थानीय सर्वसाधारण, कृषक, शिक्षक, बीमा कम्पनीहरुको शाखा कार्यालयका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

गाउपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले आफ्नो लगानीमा बीमा गरिने भएकाले क्षति हुँदा त्यसबाट सजिलै रकम प्राप्त गर्न सक्नु पर्ने बताएकी छिन् । यसरी बीमा कम्पनीबाट प्राप्त हुने दाबी रकम पनि उपलब्धी मुलक हुनु पर्ने धारणा राखेकी छिन् ।

Crest

बीमा प्राधिकरणको प्रदेश कार्यालयले सम्पुर्ण स्टेक होल्डरको निगरानी गर्नु पर्ने अध्यक्ष चिदीको भनाइ छ । गाउँपालिकाले आगामी दिनमा बीमा सम्बन्धी नीति निर्माण गर्दा प्राधिकरणको सहयोग लिएर गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

उपाध्यक्षले बीमाको महत्व बढ्दै गएको भन्दै बीमाले आम नागरिकलाई जोडेको बताए । वेरोजगारीलाई रोजगारीमा परिणत गर्दै गएको भन्दै उपाध्यक्षे बीमालाई फोर्सफुल्ली नभइ आवस्यकताको रुपमा लिनु पर्ने उपाध्यक्ष पाठकको भनाइ छ ।

कार्यक्रममा सहभागीहरुले बीमा व्यवसायिक मात्रै भयो सेवा मुलक हुन सकेन भन्दै गुनासो गरेका छन् । सहभागीहरुले कोरोना बीमाको दाबी नपाइएको भन्दै कहिले पाउन सकिन्छ भन्दै प्राधिकरणलाई प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले जीवन बीमा गरेको व्यक्तिको मृत्यु भयो तर धेरै लामो समयसम्म पनि रकम पाउन सकिएन भन्दै प्राधिकरण समक्ष गुनासो व्यक्त गरेका छन् । बीमा गर्न सजिलै गर्ने तर दाबी भुक्तानी लिन कागजी रुपमा झन्झटिलो रहेको उनिहरुको गुनासो थियो ।

मकैको बाली बीमा गर्दा कतिसम्म क्षतिको हुँदा दाबी भुक्तानी गर्न सकिन्छ र कस्तो अवस्थामा दाबी पाउन सकिदैन भनेर सोधेका थिए । बादरले मैकै बालिको क्षति गर्यो भने बीमा रकम पाउछ कि पाउदैन भनेर समेत उनिहरुले सहभागीहरुलाई सोधेका छन् । गाँउ सरकारको संयोजनमा गरिएको बाली तथा पशुपन्छी बीमाको दाबी भुक्तानीमा सहज बनाउनु पर्ने सहभागीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS