IME Life New

बीमा कम्पनीहरुले कसरी गर्छन् काम ? अनि कमाउँछन् कसरी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँले बीमा गर्नुभएको छ ? यदि छैन भने तपाइँले सकेसम्म चाँडो बीमा गर्नुपर्छ। भविष्यमा अप्रत्याशित दुर्घटना वा आपतकालीन अवस्थामा बीमा धेरै उपयोगी हुन्छ।

धेरै प्रकारका बीमा हुन्छन्। जस्तैः जीवन बीमा, स्वास्थ्य बीमा, अवधि बीमा, सम्पत्ति बीमा, गाडी बीमा, बाली बीमा आदि। कुनै पनि चीजको बीमा गर्न सकिन्छ। बीमा कम्पनीहरुले दाबी भुक्तानीको समयमा पर्याप्त रकम तिर्छन्। यसले प्रश्न उठाउँछ कि दाबी भुक्तानीको समयमा यति ठूलो रकम तिर्दा पनि बीमा कम्पनीहरुले कसरी कमाउँछन् ?

Esewa
Crest

बीमा कम्पनीहरुको नियमन नेपाल बीमा प्राधिकरणले गर्छ। प्राधिकरणको मुख्यालय ललितपुरको कुपन्डोलमा रहेको छ। प्राधिकरणले बीमा कम्पनीहरुको सुपरिवेक्षण र निरीक्षण गर्दै सम्पूर्ण बीमा उद्योगलाई नियन्त्रण गर्दछ।

प्राधिकरणको काममा बीमा पोलिसी बनाउने, ग्राहक समस्या समाधान गर्ने र कम्पनीहरुलाई इजाजतपत्र प्रदान गर्ने समावेश छन्।

ग्राहकको पैसा लगानी गर्ने

तपाइँले बीमाको तिर्ने प्रिमियमबापतको रकमलाई बीमा कम्पनीहरुले प्रतिफल अधिकतम बनाउन र ग्राहक दाबी भुक्तानी सुनिश्चित गर्न लगानी गर्छन्।

उत्पादन विकास

बीमा प्राधिकरणअन्तर्गत बीमा कम्पनीहरुले जीवन बीमा, स्वास्थ्य बीमा, सम्पत्ति बीमा, गाडी बीमालगायत विभिन्न उत्पादन विकास गर्छन्।

वितरण र बजारीकरण

बीमा कम्पनीहरुले वितरण र बजारीकरण पनि ह्यान्डल गर्छन्। बीमा कम्पनीहरुले आफ्ना उत्पादन (बीमालेख)हरुको अनलाइन बजारीकरण पनि गर्छन्।

बीमा र प्रमाणीकरण

बीमा कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न बीमा प्रस्ताव प्रदान गर्छन्। यसबाहेक कम्पनीहरुले बीमाको प्रकृतिअनुसार ग्राहकबाट प्राप्त आवेदनको जाँच र प्रमाणीकरण पनि गर्छन्।

दाबी भुक्तानी र पुनर्बीमा

बीमा कम्पनीहरुले प्राधिकरणबाट निर्धारित दिशानिर्देशहरुअनुसार दाबी भुक्तानी प्रक्रिया पनि गर्छन्। धेरै बीमा कम्पनीले प्रमुख जोखिमहरु कभर गर्न पुनर्बीमा पनि गर्छन्।

बीमा कम्पनीहरुको आम्दानी

देशमा पछिल्लो समय बीमामा रुचि बढ्दै गएको छ। यद्यपि, तथ्यांकले देखाउँछ कि आधाभन्दा कम जनसंख्या बीमाको दायरामा आएका छन्। बीमा कम्पनीहरुको आम्दानी उनीहरुको व्यापार मोडेल, बीमा पोलिसी र जोखिम व्यवस्थापनमा निर्भर गर्दछ।

यी हुन् कमाउने तरिका

  • बीमा कम्पनीहरुले बीमालेख बिक्रीबापत ग्राहकबाट प्रिमियम लिन्छन्।
  • बीमा कम्पनीहरुले ग्राहकबाट प्राप्त प्रिमियमको रकम बैंकको मुद्दति निक्षेप, सरकारी बन्ड, म्युचुअल फन्ड, शेयर बजारलगायतमा लगानी गर्छन्। जसबाट उनीहरुले प्रतिफल पाउँछन्।
  • बीमा कम्पनीहरुले बीमालेख व्यवस्थापन शुल्क र बीमालेख समर्पण शुल्कजस्ता विभिन्न शुल्क लिएर पनि उल्लेखनीय आम्दानी गर्छन्।
  • कहिलेकाहीँ दाबीहरुको संख्या घट्दा पनि बीमा कम्पनीहरुको आम्दानी बढ्छ।
  • बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीहरुलाई जोखिम हस्तान्तरण गर्दा पनि कमिसन लिन्छन्। पैसा कमाउने अन्य धेरै तरिका पनि छन्।

कति छन् बीमा कम्पनी ?

हाल नेपालमा ३७ वटा बीमा कम्पनी छन्। जसमा १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनी, ७ वटा लघु (जीवन र निर्जीवन) बीमा कम्पनी तथा २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS