IME Life New

बंगलादेशमा ताजा झडपमा १४ सुरक्षाकर्मी सहित ९१ जना मारिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधामन्त्री शेष हसिनाको राजीनामाको मागसँगै बंगलादेशमा पुनः चर्किएको हिंसाका कारण आइतबार मात्रै १४ सुरक्षाकर्मीसहित ९१ जनाको ज्यान गएको छ।

स्थानीय पत्रिका प्रथम आलोका अनुसार ताजा हिंसात्मक झडपमा ७२ जना सर्वसाधारणको ज्यान गएको छ।

Esewa
Crest

प्रदर्शनकारीविरूद्ध बंगलादेशी प्रहरीसँगै सैनिक समेत नियन्त्रणमा उत्रिएका छन् । सामाजिक सञ्जालहरूमा उपलब्ध ताजा भिडियोहरूमा प्रदर्शन नियन्त्रणका लागि सेनाले हेलिकप्टरबाट समेत फायरिङ गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी संगठन र सरकार समर्थक विद्यार्थी समूह अवामी लिग, छात्र लिग, जुबो लिग बीच हिंसात्मक झडप भएको हो । झडपमा अवैध हतियारहरूको प्रयोग मार्फत् प्रदर्शनकारी विरूद्ध दमनको प्रयास गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

हिंसाका खबरहरू फैलिन नदिनका लागि बंगलादेशी सरकारले सामाजिक सञ्जाल फेसबुक, टुइटर, ह्वाट्स एप, इन्स्टाग्राम र फोरजी मोबाइल नेटवर्क समेत अवरूद्ध पारेको छ।

प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्दै विद्यार्थी आन्दोलनले घोषणा गरेको असहयोग आन्दोलनमा बसेका अवामी लिग, छात्रलिग र युवा लिगका कार्यकर्तासँग झडप हुँदा पुनः हिंसा सुरु भएको हो । प्रदर्शनकारीले हसिनाको राजीनामाको माग गरिरहेका छन् ।

यसअघि गत जुलाईमा सरकारी जागिरमा आरक्षण प्रणालीको अन्त्यको लागि विद्यार्थीले आह्वान गरेको विरोध प्रदर्शन पछि हिंसामा परिणत हुँदा २०० भन्दा बढीको मृत्यु भएको थियो।

सन् १९७१ मा पाकिस्तानसँगको बंगलादेशको स्वतन्त्रता संग्रामका ज्यान गुमाएका स्वतन्त्रता सेनानीको परिवारजनका लागि निजामती सेवाको जागिरमा एक तिहाइ भाग आरक्षित गर्ने सरकारी घोषणाविरूद्ध विद्यार्थीहरूले शुरू गरेको आन्दाेलनमा सत्तारूढ दलका विद्यार्थी संगठनले दमन गरेपछि हिंसामा परिणत भएको थियो ।

गत महिना शान्तिपूर्ण प्रदर्शनमा सरकारी सुरक्षाकर्मी र सरकार समर्थित विद्यार्थी संगठनले दमन गर्दा ज्यान गुमाएका मृतकको परिवारजनलाइ क्षतिपूर्तीको माग गर्दै अहिले पुनः आन्दोलन चर्किएको हो ।

अदालतको आदेशपछि सरकारले अहिले अधिकांश कोटा घटाएको छ। तर विद्यार्थीहरूले मारिएका र घाइतेहरूलाई न्यायको माग गर्दै प्रधानमन्त्री हसिनाको राजीनामाको माग सहित आन्दोलन जारी राखेका छन्।

प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीलाइ आतंककारी भन्दै उनीहरूमाथि आक्रमण गर्न समर्थकलाइ उक्साएकी छिन् । झडपलाइ मध्यनजर गर्दै सरकारले आपतकाल घोषणा गर्दै कर्फ्यु लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS