IME Life New

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, छोडिन् देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्। उनी र उनकी बहिनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएका छन्।

अहिले प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। उनीहरुले त्यहाँ ढुंगामुढा गरिरहेका छन्।

Esewa
Crest

बंगलादेशमा जुलाईदेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि आन्दोलन जारी रहेको छ। प्रदर्शनले उग्र रुप लिएको छ। उनीहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा मागमा गरेका थिए।

हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको छ। गत महिना बंगलादेश सरकारले आन्दोलन नियन्त्रण गर्न सेना परिचालन गरेको थियो। आइतबारदेखि प्रदर्शनकारी विद्यार्थीले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि जनतासँग अपिल गरेका थिए। उनीहरुले सरकारलाई कर तिर्न पनि अपिल गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS