IME Life New

फ्युचर बोनसले सूर्या लाइफलाई असर गरेन , बोनसदर स्थिर राख्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई स्थितर राख्न सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनशदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७५/७६ कै बोनसदरलाई निरन्तरता दिन सफल भएको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ५ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

Esewa
Crest

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६ हजार ९ सय ५३ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिको लागि प्रति शजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४३ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५८ रुपैयाँ १५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६१ हजार १५० वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिको लागि प्रति शजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६ हजार ६९४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS