IME Life New

फोन पेले ल्यायो नयाँ अफर, भाग्यशाली विजेताले आईफोन १४ प्रो पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। फोन पेले फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ । यस अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ ।

“मोबाईल नंबर भए पुग्छ” भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको बताएको छ।

Esewa
Crest

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआर जस्ता तरिकाहरु रहेका छन् । त्यसकै फलस्वरुप नेपालका विभिन्न बैँकहरूमा फोन पेले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको छ ।

भदौ महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहारद्वारा गरिनेछ ।

अभियानको उदेश्यका बारेमा फोन पेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ। पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो । फोन पे डिरेक्टद्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौं।

फोन पेले सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाईन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS