IME Life New

फेरि बैंकिङ प्रणालीबाट रु. १० अर्ब खिच्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि भोलि बिहीबार १० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो।

यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। यसका लागि राष्ट्र बैंकले भोलि दिउँसो २ बजे बोलकबोल गर्दैछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

Esewa
Crest

राष्ट्र बैंकले यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर १९ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ। बैंकिङ प्रणालीमा अधिकक तरलता थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्ने गर्छ।

यसअघि गत मंसिर ६ गते केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै १० अर्ब रुपैयाँ खिचेको थियो। यसको साँवा तथा ब्याज भुक्तानी मंसिर १३ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS