IME Life New

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो आकर्षक अफर, टिभी खरिदमा ५१% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आउँदै गरेको फिफा विश्वकप २०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र ५ सयमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशत सम्म छुट पाउनेछन्।

भायाटिभीका हालका ग्राहकहरूले ५ सयमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट(टप(बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।

Esewa
Crest

यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले रु १५० प्रति महिना सम्ममा भायाटिभी र ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा फाई इन्टरनेट पनि पाउन सक्नेछन्। वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशत सम्म छुट पाउन सक्नेछन्।

यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र १२,१२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु २४,३३५ सम्मको मुल्यमा खरिद गर्न पाउने छन्।

यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट टप बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १।१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।

यस अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ। भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आईपिटिभी सेवा हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS