IME Life New

फिनिक्स कलेजका कार्यकारी निर्देशक पोख्रेल आउटस्ट्याण्डिङ लिडरसिप अवार्डद्वारा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुबईको फेस्टिभल सिटीस्थित इन्टर कन्टिनेन्टल होटलमा संचालित एजुकेशन २.० बहुराष्ट्र सम्मिलित इन्टरनेशनल कन्फरेन्समा फिनिक्स कलेज अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेल सम्मानित भएका छन् । डिसेम्बर १६ देखी डिसेम्बर १८ गते तीन दिन सम्म संचालित उक्त एजुकेशन २.० कन्फरेन्समा संसारभरका शैक्षिक क्षेत्रका ३०० भन्दा बढी बिज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभिन्न बिज्ञहरुले आ आफ्नोे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मानित पोखे्रलले पनि प्यानल डिस्कसनमा भाग लिई विज्ञ वक्ताको रुपमा आफ्नो प्रस्तुती दिएका थिए । इन्फिनियम इभेन्ट्सद्वारा आयोजना गरीएको उक्त कार्यक्रम दुबईको फेस्टिभल सिटी र अमेरिकाको लास भेगासमा संचालन हुने गरेको छ । उक्त इभेन्टमा एजुकेसन, हेल्थ, इन्टरनेट, कानून, मार्केटिङ, मनि समेत गरी ६ वटा विधामा कन्फरेन्स संचालन हुने गर्दछ ।

Esewa
Crest

राष्ट्रिय पोषाकमा सम्मान लिएपछि मन्तव्य दिंदै पोख्रेलले अवार्डले आफु निकै गौरवान्वित भएको भन्दै उक्त सम्मान परिवार, साथिभाई, बिद्यार्थी, शिक्षक, कर्मचारी लगायत प्रोत्साहन गर्ने ज्ञात अज्ञात सबैलाई समर्पण गर्नु भयो । कन्फरेन्समा सिकेको कुरालाई देशभित्र शैक्षिक विकासमा प्रयोग गर्ने जानकारी पोख्रेलले गराए साथै नेपालमा पनि भबिष्यमा यस्तै अन्तराष्ट्रिय कन्फरेन्स संचालन गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS