IME Life New

फिनटेक सेन्टर नेपालको डिजिटल बैंकिङ सम्बन्धी वर्कशप कार्यशाला गोष्ठि सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई डिजिटल बैंकिङ सम्बन्धी वर्कशप कार्यशाला गोष्ठि सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न कार्यशालाको स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए।

फिनटेक सेन्टर नेपालका अनुसार उनको कार्यपत्र नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । प्रथम सत्रमा डिजिटल बैंकिङ् ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङ् सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा सेटिङ् अप डिजिटल बैकिङ् प्रस्तुतिकरण साथै डिजिटल बैकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो । सो एकदिने कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५स्३० बजेसम्म सञ्चालन भएको थियो।

Esewa
Crest

डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलन राज नेपालीले जानकारी दिए । नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS