IME Life New

फिदिम नगरपालिकामा बीमा समिति, समयमा दाबी भुक्तानीको पहल गरिदिन स्थानियको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बुधबार पाँचथर जिल्लाको फिदिम नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिकी उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, उपमेयर उर्मिला प्रधान, बीमा समितिका सहायक निर्देशक विनोद कुमार पोख्रेल तथा सहायक प्रथम टेकराज पाण्डे, स्थानीय व्यवसायी, शिक्षक, स्थानीय तहमा रहेका बैंक बीमा कम्पनीका कर्मचारी, स्थानीय सर्वसाधाण लगायत ७० जना भन्दा धेरैको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रममा उपनिर्देशक ज्ञवालीले बीमा सम्बन्धी जानकारी मुलक प्रस्तिति दिएकी थिइन । कार्यक्रमको सञ्चालन सहायक निर्देशक पौख्रेलले गरेका थिए भने स्वागत मन्तव्य पाण्डेले दिएका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै मेयर नेम्वाङ्गले बीमा समितिले यस्तो कार्यक्रम ढिला सञ्चालन गरेको भन्दै दुखेसो पोलेका थिए । यदि बीमा समितिले पहिलानै यस्तो कार्यक्रम गरेको भए फिदिमका नागरिक बीमाको दायरामा आउने र बीमाबाट धेरै राहात पाउने उल्लेख गरेका थिए । नेम्वाङ्गले नगरपालिकाको बैठकमा बीमाको कार्यक्रमलाई कसरी अगाडी लिएर जान सकिन्छ भनेर छलफल गर्ने र भोलिका दिनमा नगरपालिकाले आफ्नो सेवा सुविधामा बीमालाई टाइअप गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा उपस्थित कृषकहरुले बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमाको दाबी भुक्तानी समयमा नदिएको भन्दै गुनासो गरेका थिए । उक्त क्षेत्रमा कृषि प्राविधिकको समस्या भएको भन्दै यसको लागि आवस्यक समन्वय गरिदिन समेत अनुरोध गरेका छन् । अन्यन्त्र जस्तै यहाँ पनि सहभागीहरुले कोरोना बीमाको दाबी भुक्तानीका विषयमा प्रश्न गरेका थिए ।

उपनिर्देशक ज्ञवालीको नेतृत्वमा बीमा समितिले कार्तिक १३ गते पाँचथरको फुङ्लुङ नगरपालिका, १५ गते इलाम नगरपालिका र १६ गते सूर्योदय नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS