IME Life New

फाेर्ब्स पत्रिकाकाे सूचीमा पर्न सफल यी हुन् विश्वकाे उत्कृष्ट १० बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विश्वप्रसिद्ध फाेर्ब्स पत्रिकाकाे वैश्विक श्रेणीमा उत्कृष्ट २००० सार्वजनिक कम्पनीहरुकाे सूचीमा १०५ वटा बीमा कम्पनीहरु दरिन सफल भएका छन् । विभिन्न सूचककाे आधारमा चयन गरिएका उत्कृष्ट बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनी विश्वकै उत्कृष्ट १०० कम्पनीकाे सूचीभित्र परेका छन् ।

फाेर्ब्स पत्रिकाले प्रकाशन गरेकाे प्रतिवेदन अनुसार उत्कृष्ट सूचीमा समावेश भएकामा ६ वटा अमेरिकी ३ वटा चिनियाँ, स्वीट्जर ल्याण्ड, जर्मनी र जापानकाे एक एक बीमा कम्पनी रहेका छन् ।

Esewa
Crest

सबैभन्दा शिर्ष स्थानमा चीनकाे पिंग वान बीमा समूह परेकाे छ। उत्कृष्ट २००० कम्पनीकाे सूचीमा १७ औं स्थानमा परेकाे याे कम्पनी बीमा कम्पनीहरुमध्ये सबैभन्दा शिर्ष स्थानमा रहेकाे छ। याे समूहले सन् २०२२ मा १८१ बिलियन अमेरिकी डलरभन्दा बढी आय गरेकाे छ। घरजग्गा काराेबारमा गरेकाे लगानी डुबे पछि याे कम्पनीकाे श्रेणी छैठाैंबाट खस्किएर १७ मा पुगेकाे हाे । चीनमा गत वर्ष चाइना फर्च्युन ल्याण्ड डेभलपर डुबेसँगै ६.४ अर्ब अमेरिकी डलर जाेखिमवापत व्यवस्था गर्नुपरेकाे थियाे । तथापि, फोर्ब्सले पिंग एनलाई “अद्भूत नगद गाई” को रूपमा वर्णन गरेको छ । यसको बढ्दाे आम्दानी र ग्राहक आधार, जुन अघिल्लो वर्षको २१८ मिलियनबाट बढेर २२७ मिलियन पुगेको थियाे।

यसैगरी बीमा कम्पनीमध्ये दाेश्राे स्थानमा रहेकाे युनाइटेड हेल्थ ग्रुप संयुक्त राज्य अमेरिका विश्वकाे उत्कृष्ट पब्लिक कम्पनीकाे २२ औं स्थानमा रहेकाे छ। याे समूहले गत वर्ष २९७‍ अर्ब अमेरिकी डलर भन्दा बढी बीमाशुल्क आय गरेकाे थियाे ।

तेश्राे स्थानमा रहेकाे बीमा कम्पनी एलायन्ज जर्मनी (३५ औं) ले १३८ अर्ब डलर बीमाशुल्क आय गरेकाे छ। सन् २०२१ मा याे फाेर्ब्सकाे मूल्या‌ंकनमा विश्वभरकै पब्लिक कम्पनीहरूकाे सूचीमा २३ औ‌ स्थानमा रहेकाे थियाे ।

बीमा कम्पनीहरूमध्ये चाैथाे स्थानमा एक्जा समूह (४८ औं), पाँचाै‌ं स्थानमा चाइना लाइफ चीन(७१ औं), छैठाै‌ स्थानमा एआईए समूह हङकङ (७३औँ) रहेकाे छ । यसैगरी साताै‌मा मेट लाइफ न्यूयोर्क (७४ औं), आठाै‌ंमा जुरिच पुनर्बीमा स्विट्जरल्याण्ड (८० औं) नवाैंमा सिग्ना अमेरिका  (८४ औं) र दशाै‌ंमा एआइजी न्यूयोर्क संयुक्त राज्य अमेरिका (९० औं) मा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

11%
sad

दु :खी

22%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS