IME Life New

फागुन ३० बाट एकीकृत कारोबार गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आउँदो फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

एक–आपसमा मर्जर प्रक्रिया पूरा गरेर नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। यी दुवैको लघुवित्तको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको थियो।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते नेरुडे र मिर्मिरे लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। धितोपत्र बोर्डले गत कात्तिक २४ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ११ यो मर्जरलाई अन्तिम स्वीकृति दिएको थियो।

मर्जरपछि कम्पनीको केन्द्री कार्यालय काभ्रेको बनेपास्थित साबिक मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा रहनेछ। एकीकृत कारोबार गर्दा दुवै संस्थाको एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउन फागुन २९ गते एक दिन दुवै लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहनेछ।

यसैगरी शेयर लगत एकीकरणलगायत पुनः सूचीकरण नभएसम्म फागुन २९ गतेदेखि शेयर कारोबार बन्द रहने दुवै संस्थाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS