IME Life New

फागुन १७ र १८ गते दोस्रो नेपाल ट्रेड समिटको आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो । काठमाडौंको सोल्टी होटलमा हुने उक्त सम्मेलन नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म र बृहत् मापन; स्टिल र सिमेन्ट उद्योगसँग सम्बन्धित प्रमुख सरकारी नीतिमाथि छलफल, स्पन्ज आइरनको भावी परिदृश्य, नेपाली सिमेन्ट उद्योगका लागि अवसर, गुणस्तरीय स्टिल उत्पादनको बढ्दो महत्व, स्टिल उद्योगले सामना गरिरहेका प्रमुख चुनौती, मार्जिन व्यवस्थापनका उपायका रुपमा गरिने ब्याकवार्ड इन्टेग्रेसन, नेपालमा कोइला आयातको अवस्था, चुनौती र अवसरमा केन्द्रित हुनेछ ।

यसपालि नेपाल ट्रेड समिटको दोस्रो संस्करण हुन लागेको हो । स्टिलमिन्ट ग्रुपले यसअघि सन् २०१८ मा नेपाल ट्रेड समिट गरेको थियो । स्टिलमिन्ट ग्रुपले नेपाल भारत, बंगलादेश, युएई र थाइल्यान्डमा गरी झन्डै डेढ दर्जन सेमिनार र सम्मेलन गरिसकेको छ ।

Esewa
Crest

सम्मेलनको उद्घाटन सत्रमा नेपाल सरकारको नीति र अर्थतन्त्रमा त्यसको प्रभावबारे छलफल हुने कार्यक्रम छ । उद्घाटन सत्रमै विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलता, नेपाली स्टिल र सिमेन्ट उद्योगको परिदृश्य, नेपाली स्टिल र सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ स्रोतको विकल्प, स्टिल उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको मूल्य परिदृश्यबारे पनि छलफल हुनेछ ।

प्राविधिक सत्रमा नेपालको दृष्टिकोणबाट स्टिल मेल्टिङमा फिडस्टकको सही मिश्रण, स्टिल मेल्टिङ प्रविधि र कार्यदक्षता सुधारबारे छलफल हुनेछ ।समिटमा २५० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सम्मेलनका वक्ताहरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, एटलस कमोडिटिज युकेका सेल्स एन्ड बिजनेस डेभपलमेन्ट डाइरेक्टर अभिजीत महन्त, जगदम्बा स्टिलका डाइरेक्टर तथा बिजनेस हेड (स्टिल) अनुराग शर्मा, इलेक्ट्रोथर्म (इन्डिया) लिमिटेडका उपाध्यक्ष डा. स्वरेन बेदारकर, मेगाथर्म ग्रुप भारतका डाइरेक्टर सताद्री चन्दा, अशोक स्टिल इन्डस्ट्रिज प्रालिका डाइरेक्टर अभिशेक तुल्सियान, जगदम्बा इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक विशाल पटवारी, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल, जीवानी फ्युल्स प्राइभेट लिमिटेडका डाइरेक्टर ध्रुव जीवानी, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ, विजयश्री स्टिल प्रालिका डाइरेक्टर रोहित केडिया, हुलास स्टिल इन्डस्ट्रिजका डाइरेक्टर हिमांशु गोल्छा, न्यु इन्डिया इलेक्ट्रिकल्सका सिइओ हेमांशु देसाई, साइरस भाइब्रेसन मेसिन्स इन्डिया प्रालिका प्रबन्ध निर्देशक बारबरा लुक–पिथाभाल्ला, योगीजी डिजी इन्डियाका सिओओ बरुन जय राना, म्याकस्टिल इन्टरनेसनल फार इस्ट लिमिटेडका चिफ रिप्रेजेन्टेटिभ रमेश दत्त, सेल इन्डियाका जनरल म्यानेजर शुभेन्दु खन्दाई, इन्डक्टोथर्म (इन्डिया) प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर सुनिल पण्डित, टाटा इन्टरनेसनल लिमिटेड इन्डियाका आइरन ओर ट्रेडिङ हेड अभिजित सुर रोय चौधरी र गिरिधान मेटल्स प्रालिका प्लान्ट हेड एमके शेशाद्री छन् ।

प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको समिटमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल रहेका छन् । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप रहेका छन् ।

समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग रहेका छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS