काठमाडौं । यातायात व्यवस्था कार्यालयले फागुन मसान्तभित्र मोटरसाइकलको कर तथा नविकरण गर्दा ५ वर्षसम्मको जरिवाना छुट दिने भएको छ । आर्थिक वर्ष २०७०/७१ सम्म नविकरण नगरेका मोटरसाइकल धनीले २०७९ फागुनभित्र कर तिर्दा ५ वर्षको छुट पाउने भएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै सवारीसाधन कर नविकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकोले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्न अनुरोध गरेको छ । कर भुक्तानी नगरेकाको हकमा भने लगत संकलन गरी कडाइका साथ जरिवाना उठाइने कार्यालयले उक्त सूचनामा उल्लेख गरेको छ ।
फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाउँदा ५ वर्षको जरिवाना छुट












