IME Life New

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ३८ दशमलव ११ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ०४ प्रतिशतले बढेको छ । साथै, सञ्चालन मुनाफा ४५ दशमलव ११ प्रतिशतले बढेको हो । यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ५ दशमलव ०३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सापटी १० दशमलव ७७ प्रतिशत बढेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा, पीई रेसियो ४३ रुपैयाँ ४ पैसा, प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा, कोषको लागत ८.५९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS