IME Life New

फरवार्ड माइक्रोफाइनान्सको ४२% लाभांश पारित, अध्यक्षमा चौधरी सर्वसम्मत चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।

पुस ३० गते सम्पन्न सभाले चौधरी सशित राजकुमारी तब्दार, आशुतोष शर्मा सापकोटा, केशव राज पौडेल, बलराम चौधरी र जगत जंग जिसीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । सोही सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ४२ प्रतिशत लाभांशको प्स्ताव पारित गरेको छ ।

Esewa
Crest

कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू। ६२ करोड ५५ लाख १९ हजार छ ।

सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गरेको छ ।

सभाले सञ्चालक निर्वाचन, लाभांश प्रस्ताव लगाएतका विशेष प्रस्तावसहित सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS