IME Life New

फरक क्षमता भएका व्यक्तिहरुका लागि बैंकहरुले विशेष काउन्टर तोक्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहहरुले विशेष काउन्टर तोकेर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने अवगत गराएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस विषयमा फेरि अवगत गराएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले फरक क्षमता भएका, ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

त्यस्तै स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउन्ज भएका स्थानमा एउटा एटीएम अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले ती सेवा उपभोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS