IME Life New

प्लास्टिक प्रदूषणको हल निकाल्न २०० देश असफल, दक्षिण कोरियाको बैठक पनि अनिर्णित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाको बुसानमा प्लास्टिक प्रदूषणसँग लड्नका लागि एउटा सन्धिलाई अन्तिम रुप दिन आयोजित विश्व बैठक आइतबार बिना सहमति टुंगिएको छ। बैठकमा सहभागी देशहरुले प्लास्टिक उत्पादनमा प्रतिबन्ध लगाउने र वित्तलगायतका महत्वपूर्ण विषयमा छलफल गर्न सकेनन्।

वार्तालाई निरन्तरता दिन सबै देश अर्को वर्ष फेरि भेट्न सहमत भएका छन्। यो अन्तरसरकारी वार्ता समिति (आईएनसी) को पाँचौँ बैठक थियो। जसले सन् २०२२ देखि प्लास्टिक प्रदूषणमा कानुनी रुपमा बाध्यकारी सन्धिको मस्यौदा तयार गर्न काम गरिरहेको छ।

Esewa
Crest

हप्ता लामो वार्ताले प्लास्टिक उत्पादन र हानिकारक रसायनहरु रोक्न खोज्ने देशहरु र प्लास्टिकको फोहोर व्यवस्थापनमा मात्र ध्यान केन्द्रित गर्ने देशहरुबीचको गहिरो भिन्नताहरु प्रकट भएको थियो। बैठकमा करिब २ सय देशका वार्ताकारको सहभागिता थियो। मुख्य मुद्दाहरुमा मतभेद हटाउन उनीहरुले शनिबार बन्द ढोका छलफल गरे तर आइतबार जारी गरिएको मस्यौदाले अधिकांश चिन्ताहरु समाधान गर्न सकेन।

आईएनसीका अध्यक्ष लुइस वायास भाल्दिभिएसोले प्रतिनिधिहरुलाई भने, ‘हामीले गरेको प्रगतिलाई हामीले निर्माण गर्नुपर्छ। हाम्रो वार्तालाई टुंगोमा पुर्याउन वर्तमान अधिवेशन पछिको मितिमा सुचारु गर्ने सहमति भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS