IME Life New

प्रोग्रेसिभ फाइनान्सको साधारण सभा स्थगित, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडमौं । प्रोग्रेसिभ फाइनान्सको २५औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले पुस ३० गतका लागि तय गरिएको साधारण सभा बढ्दो कोभिडका कारण तथाकम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रवाधानमा केही फेरबदलका कारण करपछि खुद नाफामा परिवर्तन हुने भएकाले अर्को सुचना नआएसम्मका लागि साभा स्थगित गरिएको जनाएको छ ।

कम्पनीको हिजो पुस २६ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।सभाले ७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस १९ गते एक दिन बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS