IME Life New

प्रिमियममा आइपीओ निष्काशन गर्न लागेका सिटिजन र आइएमई लाइफलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन् । दुवै कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीलाई आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिएको तुलनात्मक अध्ययन :

Esewa
Crest

 

चुक्ता पूँजीको आधारमा : कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रहेको छ भने आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रहेको छ ।

जगेडा कोषको आधारमा : सिटिजन लाइफ इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ संचित छ भने आइएमई लाइफ इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब १० करोड संचित छ ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ८ अर्ब ४७ करोड हुँदा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ७ करोड रहेको छ।

बीमा शुल्क आर्जन :  सिटिजन लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ८९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : तेश्रो त्रैमाससम्म सिटिजन लाइफले १५ करोड १ लाख खुद मुनाफा गरेकोमा आइएमई लाइफ इन्स्योरेन्सको खुद मुनाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

बीमालेख  धितोमा कर्जा  :  सिटिजन लाइफले ४८ करोड १७ लाख बीमा लेख धितोमा कर्जा दिएकोमा आइएमई लाइफले सो कर्जा ५६ करोड ५८ लाख प्रवाह गरेको छ ।

खुद दाबी भुक्तानी  : सिटिजन लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १३ करोड खुद दाबी भुक्तानी गर्दा आइएमई लाइफले ७९ करोड ३६ लाख कुल दाबी भुक्तानी गरेको छ ।

अभिकर्ता कमिशन : सिटिजन लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४९ करोड ५९ लाख रुपैयाँ आफ्ना अभिकर्तालाई कमिशनको रुपमा दिँदा आइएमई लाइफले ३२ करोड ६२ लाख रुपैयाँ आफ्ना अभिकर्तालाई दिएको छ ।

भुक्तानी हुन बाँकी दाबी : सिटिजन लाइफको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ११ करोड २९ लाख  भुक्तानी गर्न बाँकी  दाबी रकम हुँदा आइएमई लाइफको ४ करोड १३ लाख भुक्तानी गर्न बाँकी  दाबी रकम छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS