IME Life New

प्रिमियममा आइपिओ निष्काशन गर्न खोज्दा उल्टै समस्यामा बीमा कम्पनी, कसरी जुटाउलान् ५ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्न बाँकी जीवन बीमा कम्पनीहरुको प्रिमियममा आइपिओ निष्काशन गर्ने सपना अधुरै हुने भएको छ । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्तावलाई स्वीकार नगर्दा उनिहरुको सपना अधुरै रहने देखिएको हो ।

नेपाल धितोपत्र बोर्डले बीमा समिति सँग छलफल गर्दै प्रिमियमा आइपिओ निष्काशन गर्न दिन हुँदैन भनेर लविङ गरेको थियो । धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशनको अनुमति दिन नचाहे पछि गत साउनमा आवेदन दिए पछि अलिकति पनि प्रकृयाँ अगाडी बढेको छैन ।

Crest

रिलायबल नेपालले गत साउनमा प्रतिकित्ता २१२ रुपैयाँको दरमा ६० लाख कित्ता आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । रिलायबल नेपालले निवेदन दिए पछि आइपिओ निष्काशन गर्न बाँकी कम्पनीहरुले पनि प्रिमियममा आइपिओ निष्काशन गर्ने योजना बनाएका थिए । बाँकी कम्पनीले योजना बनाए पनि रिलायबलको प्रकृयाँ अगाडी नबढे पछि उनिहरुले बोर्डमा निवेदन दिएका छैनन् ।

बोर्डले प्रकृयाँ अगाडी नबढाउदा नबढाउदै बीमा समितिले क्यापिटल प्लान ल्याए पछि आइपिओ निष्काशन नगरेका बीमा कम्पनीको आइपिओ निष्काशन नै अन्योलमा परेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याइदिएको छ ।

बीमा समितिले प्राथमिक शेयर निष्काशन नगरेका बीमा कम्पनीहरुलाई अनौपचारिक रुपमा संस्थापकको तर्फबाटै पूँजी जुटाउनु पर्ने सुझाव दिदै आएको छ । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीहरुलाई कसरी पूँजी जुटाउन लगाउने भन्ने विषय छलफलफलकै क्रममा रहेकाले अहिले नै यसरी जुटाउन निर्देशन दिने भन्ने अवस्था नरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई अनौपचारिक रुपमा मर्जरमा जान अनुरोध गर्दै आइरहेका छन् । उनले भने ‘उहाँहरु मर्जरमा जानु भयो भने सबैभन्दा राम्रो हुन्छ । यदि मर्जरमा जानु भएन र पूँजी जुटाउन चाहनु भयो भने सुरुमा संस्थापक समुहकै पूँजी बढाउनु पर्यो । त्यस पछि मात्रै सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दा राम्रो हुन्छ ।’

बीमा समितिले भनेको जस्तै कम्पनीहरुले संस्थापक समुह भित्रै प्रि-आइपिओ निष्काशन गरे भने उनिहरुको नेटवर्थ धेरै नै घट्छ । नेटवर्थ नै घटेपछि उनिहरुले आधार मूल्य भन्दा माथिमा आइपिओ निष्काशन गर्न सक्ने अवस्था नै रहदैन ।

बीमा समितिले भनेको जस्तै प्राथमिक शेयर निष्काशन नगरेका बीमा कम्पनीले सुरुमा हाल विद्यमान संस्थापकहरुलाई नै थप एक सय प्रतिशत पूँजी थप्न लगाउनु पर्नेछ । यसो गर्दा पनि संस्थापकहरुले अहिले सत प्रतिशत पूँजी थप्दा २ अर्ब ८० करोड रुपैयाँ पुग्छ । यसमा सर्वसाधारण समुहलाई ३० प्रतिशतको हिस्सा रहेने गरी आइपिओ निष्काशन गर्दा चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । त्यस पछि बोनस शेयर र केहि हकप्रद जारी गरेर बल्ल ५ अर्ब रुपैयाँ जुटाउन सक्ने देखिन्छ ।

गएका वर्षमै आइपिओ निष्काशन गरिसकेको भए संस्थापकहरुलाई धेरै भार पर्ने थिएन । अहिले न त बोनस शेयर दिन मिल्छ न त आइपिओ निष्काशन नै गर्न मिल्छ । यसले गर्दा आइपिओ निष्काशन गर्ने बीमा कम्पनीहरु सबैभन्दा धेरै ट्र्यापमा परेका छन् । आइपिओ निष्काशन नगरेका बीमा कम्पनी सँग सकेत पूँजी थप्ने नसके मर्जरमा जाने मात्रै विकल्प छ । बीमा समितिले खासमा उनिहरु सँग मर्जरको अपेक्षा गरेको हुँदा अहिले प्रिमियममा आइपिओ निष्काशन गर्न दिने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS