IME Life New

प्रारम्भिक कारोबार सत्रमा कम्पनीको मूल्य २ प्रतिशतले मात्रै घटबढ हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्रको मूल्य सीमा घटाएको छ । दोश्रो बजारको प्रारम्भिक कारोबार सत्रमा हाल मूल्य परिवर्तन सीमा पाँच प्रतिशत रहेकोमा सो सीमालाई घटाई दुई प्रतिशत कायम गरिएको छ । त्यस्तै,  दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा कायम गर्ने गरी बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन विनियमावली, २०७८) स्वीकृत गरेको छ ।

यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ। प्रारम्भिक सत्रमा कारोवार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको हो । साथै, छिमेकी देश लगायत अन्तर्राष्ट्रिय असल अभ्यास अनुरुप हुने गरी धितोपत्र कारोवारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरिएको; जसबाट खरिदकर्ता र विक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिद विक्री गर्न सक्नुका साथै कारोवारमा समेत बृद्धि हुने देखिएको छ ।

Esewa
Crest

उपर्युक्त व्यवस्था कार्यान्वयनमा आएपश्चात् प्रारम्भिक कारोबार सत्र थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने देखिन्छ जसबाट दोश्रो बजार कारोवार थप लगानीकर्ता मैत्री हुने बोर्डले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS