IME Life New

प्राधिरणको मधेश प्रदेशले सम्पन्न गर्यो धनुषा र सिरहामा बीमा सम्बन्धी अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले एक कप चिया नखाएर भए पनि जीवन तथा निर्जीवन बीमा गर्न सबैलाई आग्रह गरे ।

अध्यक्ष मिश्रले समय अनुसार सबै कुरा परिवर्तनशील भएकाले रकम बचत गरेर घर, कृषिबाली र पशुको बीमा गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहभागीहरुले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको, बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको, चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका गुनासा गरेका थिए ।

Esewa
Crest

त्यसैगरी, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही माघ १८ गते सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले सबै वडाअध्यक्षहरुलाई आ–आफ्ना वडाका गाउँ गाउँ, टोल टोलमा गएर बीमाका बारेमा प्रचार प्रसार गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले कृषि बीमाका लागि बीमा अभिकर्ता वडा वडामा जानुपर्ने, बीमाका बारेमा जानकारी अभावका कारण बीमा गरेपछि भुक्तानी पाइँदैन भन्ने सोचाई रहेको, दाबी भुक्तानी प्रक्रिया झण्झटिलो रहेको लगायतका धारणा राखेका थिए ।

ती कार्यक्रमहरुमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले पालिकाका कर्मचारी र भवनको बीमा गर्न, बीमालाई कार्यक्रममा नै समावेश गर्न, न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रुपमा बीमा गर्न गाउँपालिकाहरुलाई आग्रह गरे ।
साथै, उनले एउटा गाई, एउटा भैंसीको मात्र पनि बीमा गर्न सकिने भएकाले गाई, भैंसी, बाख्राको बीमा गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कर्मचारी, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिना, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, अगुवा कृषक, बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS