IME Life New

प्राधिकरणले १० बीमा कम्पनीलाई गर्यो कारबाही, क-कसले पाए पहिलो पटकको लागि चेतावनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १० बीमा कम्पनीहरुलाई समयमा विवरण उपलब्ध नगराएको भन्दै कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएको भन्दै पहिलो पटकका  लागि चेतावनी दिइएको प्राधिकरणले जनाएको छ । यदि कम्पनीहरुले दोहोर्याएर यस्तो गरेमा प्राधिकरणले बीमा पोलिसी जारी गर्न रोक लगाउन सक्नेछ । त्यस पछि पनि अटेर गरेमा जरिवाना गर्ने व्यवस्था रहेको छ ।

प्राधिकरणले गुराँस लाइफ, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई पहिलो पटकका लागि सचेत गराएको छ ।

Esewa
Crest

निर्देशनको दफा १९ मा प्रतिवेदन तथा संपरीक्षण सम्बन्धी व्यवस्था रहेको छ । बीमितले यो निर्देशन बमोजिम सम्पादन गरेका कार्यहरुको चौमासिक प्रतिवेदन उक्त अवधि व्यतित भएको सात दिनभित्र अनुसूची ४ को ढाँचामा समितिमा पठाउनु पर्नेछ । उपदफा २ बमोजिम बीमकले सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी प्रचलित कानुन बमोजिम भए गरेका काम कारबाहीको मूल्याङ्कन, लेखापरीक्षण लगायत अन्य संपरीक्षण गर्ने व्यवस्था गर्नु पर्नेछ ।

दफा १९ को उपदफा एक बमोजिम बीमा कम्पनीहरुलाई दिएको अवधि व्यतित भएको सात दिनभित्र पनि प्रश्न नगरे पछि कारबाही गर्नु परेको प्राधिकरणले जनाएको छ । कतिपय कम्पनीले ३४ दिनसम्म पनि विवरण बुझाउन सकेका छैनन् । अनुसूची चारमा बीमा कम्पनीहरुले १७ वटा सूचना प्रदान गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%
happy

खुसी

4%
sad

दु :खी

31%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS