IME Life New

प्राधिकरणले लगानीका लागी हटायाे टेक्निकल रिजर्भकाे प्रावधान, बीमकले पाए कूल सम्पत्तीकै आधारमा लगानी गर्ने इजाजत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । टेक्निकल रिजर्भका कारण बीमकले रोजेको क्षेत्रमा लगानी गर्न नपाएपछि नेपाल बीमा प्राधिकरणले टेक्निकल रिजर्भको प्रतिशतको आधारमा लगानी गर्नुपर्ने प्रावधानलाई खारेज गरिदिएको छ ।

प्राधिकरणले टेक्निकल रिजर्भको आधारमा नभई कूल लगानीको प्रतिशतको आधारमा लगानीका विविध क्षेत्रहरु तोकेर न्यूनत्तम र अधिकत्तम लगानीको सीमा निर्धारण गरेको छ । प्राधिकरणले टेक्निकल रिजर्भको प्रावधान खारेज गरे लगत्तै कमजोर टेक्निकल रिजर्भ भएका बीमकको उच्च व्यवस्थापन र संचालक समितिले राहतको श्वाँस फेरेका छन् ।

Esewa
Crest

 

जीवन बीमककाे लागी यस्ताे छ सीमाः

प्राधिकरणले नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचत पत्र वा नेपाल सरकारको जमानी प्राप्त बचत पत्र वा ऋण पत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भएको छ । यसअघि यो क्षेत्रमा जम्मा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गरे पुग्ने थियो ।

यसबाहेक राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेड मुद्दती निक्षेपमा टेक्निकल रिजर्भको चालीस प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेकोमा अहिले कूल लगानीको कम्तीमा ३० प्रतिशतसम्म मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने प्रावधान लागू गरिएको छ ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ख वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेपमा कूल लगानीको बढीमा १० प्रतिशतसम्म र ग वर्गमा बढीमा ५ प्रतिशतसम्म मुद्दती निक्षेपमा लगानी गर्न सकिने प्रावधान लागू गरिएको छ । यसअघि ख र ग वर्गको बैंक वित्तीय संस्थामा मुद्दती निक्षेपमा कूल टेक्निकल रिजर्भको क्रमशः २० र १० प्रतिशत लगानी गर्न सकिने प्रावधान थियो ।

घरजग्गा व्यवसायमा कूल टेक्निलक रिजर्भको बढीमा पाँच प्रतिशत लगानी गर्ने प्रावधान रहेकोमा मंसिर २० गतेदेखि प्रभावकारी हुने गरी लागू गरिएको प्रावधानमा कूल लगानीको १० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था ल्याइएको छ ।

                                                                                                                    तस्वीरः जीवन बीमककाे लगानी सम्बन्धी नयाँ प्रावधान

 

नयाँ प्रावधान अन्तर्गत कृषि उत्पादन तथा वितरण, शित भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जालगायत नविकरणीय उर्जा परियोजना केवलकार, सडक, विद्युत प्रशारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्रमा कूल लगानीको दश प्रतिशतसम्म लगानीको अवसर खुल्ला गरिएको छ । यसअघि कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानीको प्रावधान रहेको थियो ।

                                                                                                                                              तस्वीरः जीवन बीमककाे लगानी सम्बन्धी पुरानाे प्रावधान

 

प्राधिकरणले जीवन बीमा कम्पनीको लागी इन्भेष्टमेन्ट कम्पनीको शेयरमा कूल लगानीको पाँच प्रतिशतसम्म लगानी गर्ने बाटो खुला गरिदिएको छ ।

जीवन बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नविकरणीय उर्जा परियोजना, केवल कार, सडक, विद्युत प्रशारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्नेछ ।

साथै बीमकले आफ्नो कोषमा रहेको रकममध्ये राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा इयरमार्क गर्नुपर्नेछ ।

 

के हो टेक्निकल रिजर्भ ?

बीमकले बीमालेख बिक्री गरिसकेपछि बीमितलाई कुनै पनि बेला भुक्तानी गर्नका लागी स्वीकारेको वित्तीय दायीत्व पुरा गर्नको लागी सुरक्षितरुपमा विनियोजन गरेको रकम(जगेडा) टेक्निकल रिजर्भ हो । जीवन बीमालेख बिक्रीवापत बीमकले बीमित वा लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम(दायीत्व) चुक्ता गर्नको लागी बीमांकी मूल्यांकनको आधारमा प्रत्येक प्रकारका बीमा योजनाका लागी बेग्ला बेग्लै जगेडाको व्यवस्था गरेको हुन्छ । यस्तो रकम कूल लगानीको तुलनामा थोरै हुन्छ ।

गणितीय जगेडा, बाेनश व्यवस्था, भैपरी आउने जाेखिमवापतकाे व्यवस्था, तत्कालै भुक्तानी गर्नुपर्ने दाबीकाे व्यवस्था, भुक्तानी गर्नुपर्ने तर दाबी भइनसकेकाे दाबीवापतकाे व्यवस्था, अन्य यस्तै खाले जगेडा र म्यादी बीमाका लागी गरिएकाे व्यवस्थानकाे कूल जाेडकाे आधारमा टेक्निकल रिजर्भ (प्राविधिक जगेडा) काे गणना गरिएकाे हुन्छ ।

कूल लगानी अन्तर्गत बीमकले लगानी गरेको मुद्दती निक्षेप मात्र नभएर घरजग्गालगायतको स्थिर सम्पत्तिमा गरेको लगानी समेत गणना गरिने भएकाले बीमा प्राधिकरणले जीवन बीमकका लागी लगानीको बाटो खुकुलो पारिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS