IME Life New

प्राधिकरणले बीमा सूचना केन्द्रको स्थापना गर्ने, एउटै कम्पनीबाट बीमितको सम्पुर्ण विवरण हेर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदामा बीमा सूचना केन्द्रको रुपमा कार्य गर्न एक पब्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने व्यवस्थालाई समावेश गरेको छ ।

यस्तो बीमा सूचना केन्द्रले बीमा सम्बन्धी सूचना संकलन, भण्डारण तथा वितरणको कार्य गर्नेछ । त्यस्तै बीमा ठगी, जालसाजी, किर्ते लगायतका बीमा अपराध गरेको वा अस्वभाविक वा शंकास्पद बीमा गतिविधि गर्ने बीमितलाई आवश्यकता अनुसार कालोसूची वा शंकास्पदको सूचीमा राख्ने काम गर्नेछ ।

Esewa
Crest

बीमा ऐन २०७९ को दफा १४३ को उपदफा ४ बमोजिमको सुचना संकलन गरी अभिलेख राख्नेछ । उक्त उपदफा ४ मा बीमित सम्बन्धी विशेष व्यवस्था रहेको छ । यसै व्यवस्था बमोजिम अनुसन्धान वा जाँचबुझमा सहयोग नगर्ने, बीमा जालसाजी गर्ने वा बीम ठगी गर्ने बीमित वा अन्य कुनै व्यक्तिलाई प्राधिकरणले प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायबाट लेखी आएमा कालोसूचीमा राखी त्यस्तो व्यक्ति संलग्न रहेको कुनै पनि व्यवसायको बीमा गर्न ५ वर्षसम्म निषेध गर्न सक्नेछ ।

यस व्यवस्थाका लागि पनि बीमा प्राधिकरणले सूचना केन्द्रको स्थापना गर्नका लागि नियमावलीमा व्यवस्था गरेको हो । बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्नेछ । प्राधिकरणले निर्धारण गरेका अन्य तथ्याङ्क संकलन गर्नेछ । केन्द्रको प्रवन्धपत्र र नियमावलीमा उल्लेख भएका अन्य उद्देश्य अनुरुप कार्य गर्नेछ । यस्तो कार्य सम्पादन गर्न आवश्यक विवरण, सूचना तथा जानकारी बीमकले बीमा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।

बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनका लागि ४/५ वर्ष अगाडिदेखिनै पहल गर्दै आएको थियो । तर नयाँ बीमा ऐन २०७९ लागु भएर नियमावली आउनै लाग्दा पनि यसले पुर्णता पाउन सकेको छैन । नियमावलीमा भने यसको स्पष्ट व्यवस्था गर्न थालिएको हुँदा अव प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर उक्त कम्पनीले कर्जा सूचना केन्द्रको रुपमा काम गर्नेछ । यस सँगै कम्पनीहरुले बीमा गर्नु भन्दा अगाडी नै सम्बन्धित बीमितले कति स्थानमा बीमा गरेको रहेछ । कुन कुन क्षेत्रबाट दाबी प्राप्त गरेको रहेछ भनेर थाहा पाउन सक्ने छन् । यसले बीमा कम्पनीहरुलाई बीमाको काम गर्न धेरै सहज बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS