IME Life New

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयद्वारा दसैँको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल बीमा प्राधिकरणका कर्मचारी जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीका प्रदेश प्रमुखहरुको उपस्थिति सम्पन्न भएको हो ।

कार्यक्रम नेपाल बीमा प्राधिकरणका प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्वदिपक नेपाल, निप्स लुम्बिनी च्याप्टरका अध्यक्ष किरण काफ्ले, नेपाल सर्भेयर एशोसियसनका प्रतिनिधि छबिन्द्र भट्टराई
पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष बिमल न्यौपाने, कार्यक्रममा अन्य सहभागीहरु बीमा प्राधिकरणका कर्मचारी जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले गरेका थिए ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष बिमल न्यौपानेले चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै बीमा ब्यवसायको दायरालाई बढाउनु पर्ने विषयमा जोड दिए ।

नेपाल सर्भेयर एशोसियसनका प्रतिनिधि छबिन्द्र भट्टराईले बीमितलाई परेका समस्याहरुलाई समयमै र उचित क्षतिमूल्याकन गरी बीमा सेवा दिने प्रतिवद्धता ब्यक्त गरे ।

निप्स लुम्बिनी च्याप्टरका अध्यक्ष किरण काफ्लेले निर्जीवन बीमा कम्पनीमा रहेका समस्याहरुलाई निराकरण गरी बीमा सेवा दिनु पर्नेमा जोड दिए ।

निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्वदिपक नेपालले बीमा क्षेत्रमा रहेका नराम्रो प्रतिस्पर्धालाई रोक्नु पर्ने र सबैको साथ र सहयोगमा बीमा क्षेत्रले राम्रो गति लिने कुरामा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले कार्यक्रममा उपस्थित प्रदेश प्रमुखहरुलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरे ।

साथै बीमा कम्पनी, बीमा अभिकर्ता, सर्भेयर तथा प्राधिकरणको राम्रो सहकार्यमा बीमा क्षेत्रलाई मर्यादित गर्न सकिने, अस्वस्थ प्रतिस्पर्धालाई रोक्नु पर्ने, प्राधिकरणबाट जारी भएका सुंस्थागत शुसासन तथा नीति नियमलाई पालना गर्नु पर्ने र राम्रो काम गर्ने कम्पनीलाई प्राधिकरणले साथ र सहयोग गर्ने प्रतिवद्धता सहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS