IME Life New

प्राधिकरणको मधेश प्रदेश कार्यालय उद्घाटन, ‘विवाद समाधानका लागि केन्द्रमा धाउनु नपर्ने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मधेश प्रदेश कार्यालयको उद्घाटन गरेका छन् । सिलवालले रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । प्रदेश कार्यालय वीरगञ्जको उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुङ्गेल, नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल, नेपाल बीमक संघका सञ्चालक समितिका सदश्य तथा प्रभु इन्स्योरेन्स कम्पनीका सञ्चित बज्राचार्य, प्रादेशिक कार्यालय प्रमुख उपनिर्देशक कुशुम शर्मा, सहायक निर्देशक टेकराज पाण्डेय, बीमा कम्पनीका प्रादेशिक कार्यालय प्रमुख तथा शाखा प्रवन्धकको उपस्थिति थियो ।

Esewa
Crest

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सिलवालले अवदेखि प्रदेश स्तरका बीमा कम्पनी तथा बीमा कम्पनीका शाखा कार्यालयले प्राधिकरणको प्रादेशिक कार्यालयलमा धाउन नपर्ने बताएका छन् ।

दाबी भुक्तानीका विवादको विषयमा पनि प्रादेशिक कार्यालयलाई नै अधिकार दिइने उनले बताएका छन् । शाखा स्तरमा हुने दाबी भुक्तानीका विवाद प्राधिकरणको केन्द्रिय कार्यालयमा धाउनु पर्दा धेरै ढिलाइ भएको भन्दै उनले यस्तो अधिकार प्रादेशि कार्यालयलाई नै दिइने बताएका हुन् । सिलवालले उद्घाटनमा उपस्थित बीमा कम्पनीका शाखा प्रवन्धकहरुलाई छिटो भन्दा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएका छन् ।

यस सँगै नेपाल बीमा प्राधिकरणको तीन वटा प्रादेशिक कार्यालयहरु औपचारिक रुपमा सञ्चालनमा आएका छन् । यस भन्दा अगाडी अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश कार्यालय र सुदुरपश्चिम प्रदेश कार्यालयको भव्य उद्घाटन गरेका थिए । यस पटक भने कार्यवस्थताले गर्दा अध्यक्ष सिलवाल आफैले कार्यालय उद्घाटन गरेका हुन् ।

प्राधिकरणले प्रदेशिक स्तरमै केन्द्रिय कार्यालय रहने गरी लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिए सँगै प्राधिकरणले प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो । प्रादेशिक कार्यालयको उद्घाटनमा बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS