IME Life New

प्राधिकरणको नयाँ संगठनात्मक संरचना अर्थ मन्त्रालयबाट स्वीकृत, अब ‘इडी’ समेत बाहिरबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले नयाँ पद सिर्जनासहितको संगठनात्मक संरचना अर्थमन्त्रालयले स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले आइतबार उप कार्यकारी निर्देशक पद सहितको संरचना स्वीकृत गरेको हो।

स्वीकृत संरचना अनुसार प्राधिकरणमा हालको निर्देशक पदभन्दा माथि र कार्यकारी निर्देशक भन्दा तल रहने गरी २ जना उप कार्यकारी निर्देशक हुनेछन् । यसैगरी उपनिर्देशक तहमा पनि कानून, प्रशासन र तथ्यांक शाखामा एक एक जना गरी थप ३ जना उपनिर्देशक हुने छन् । यसअघि तथ्यांक शाखामा उप निर्देशकको दरबन्दी थिएन ।

Esewa
Crest

नयाँ संगठनात्मक संरचना अनुसार अब प्राधिकरणमा अध्यक्षभन्दा मुनि क्रमशः कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक, निर्देशक र उप निर्देशक रहने भएका छन् ।

नयाँ व्यवस्था अनुसार प्राधिकरणको प्रशासनिक संरचनामा कार्यकारी निर्देशक पदमा प्राधिकरणभन्दा बाहिरका व्यक्ति नियुक्त हुने देखिएको छ। यसअघि हाल कार्यरत तीनजना निर्देशकमध्येबाट १ जना कार्यकारी निर्देशक पदमा बढुवा हुने अड्कल गरिंदै अाएकोमा नयाँ स्वीकृत संगठनात्मक संरचना र दरबन्दीले तत्कालका लागि त्यो संभावना टरेको छ।

हालको निर्देशकहरूको उपकार्यकारी पदमा बढुवाको बाटो खुले पनि कार्यकारी निर्देशकका लागि योग्यता नपुग्ने हुँदा कार्यकारी निर्देशक पदमा प्राधिकरण बाहिरबाट नियुक्ति हुनसक्ने संभावना छ।

नयाँ दरबन्दी र संरचना अनुसार कानून  शाखामा हाल ३ जना उपनिर्देशकको दरबन्दी रहेकोमा दरबन्दी थप भएसँगै यो संख्या ४ पुगेको छ। तथ्यांक शाखामा करार सम्झाैतामार्फत कर्मचारी नियुक्ति गरिएकोमा अब नियमित दरबन्दी हुने भएको छ।

दरबन्दीसँगै अब प्राधिकरणमा महाशाखा पनि थपिने छन्। प्राधिकरणमा हाल कानूनी तथा नियमन महाशाखा, व्यवस्थापन महाशाखा, अनुगमन महाशाखा, बीमा विकास तथा प्रवर्द्धन महाशाखा समेत जम्मा चार वटा महाशाखा छन् ।

बीमा क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण मानिने बीमाङ्की र पुनर्बीमा क्षेत्रलाई सम्बोधन गर्ने गरी प्राधिकरणसँग विशिष्टीकृत दरबन्दी र महाशाखा दुबै छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS