IME Life New

प्राकृतिक प्रकोपले बीमा क्षेत्रको वार्षिक नोक्सानी १३५ अर्ब अमेरिकी डलर नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैश्विक पुनर्बीमक स्विस रिले सन् २०२४, एक प्रमुख पुनर्बीमा कम्पनीले, सन् २०२४ लाई हालसम्मकै सबैभन्दा तातो वर्षका रूपमा घोषणा गरेको छ। स्विस रिले गरेको अध्ययन अनुसार प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षति सन् २०२३ को तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ।

हेलेन र मिल्टन आँधीले अमेरिकामा विनाशकारी असर पुर्‍याउँदा, युरोपमा बाढीले ठूलो क्षति निम्त्याएको छ। यसले बीमाकृत घाटा वार्षिक रूपमा १७ प्रतिशतले वृद्धि गर्दै १३५ अर्ब अमेरिकी डलर(१८३ खर्ब नेपाली रूपैयाँ भन्दा बढी) पुर्‍याएको छ। यो लगातार पाँचौं वर्ष हो, जब बीमा घाटा १ सय अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ।

Esewa
Crest

स्विस रिका आपतकालीन जोखिम प्रमुख बाल्ज ग्रोलिमुन्डका अनुसार, “घाटा मुख्य रूपमा शहरी क्षेत्रमा सम्पत्तिको मूल्य वृद्धि र आर्थिक वृद्धिका साथै पुनर्निर्माण लागत वृद्धिका कारणले भएको हो।”

स्विस रिले जलवायू परिवर्तनले चरम मौसमलाई थप तीब्र र श्रृंखलाबद्धर बनाउँदै लगेको उल्लेख गरेको छ। वायुमण्डल र समुद्रमा अधिक तापमानको प्रभावले बाढी र आँधी जस्ता घटनाको तीब्रतालाई बढाएको छ। कोपर्निकस, युरोपेली युनियनको जलवायु अनुगमन निकायले सन् २०२४ मा विश्वको तापक्रम औद्योगिक क्रान्तिपूर्वको औसतभन्दा १.४४ डिग्री सेल्सियस बढेको पुष्टि गरेको छ।

२०२४ मा भीषण बाढीका कारण बीमाकृत क्षति विश्वव्यापी रूपमा तेस्रो महँगो वर्ष बन्यो भने युरोपमा यो दोस्रो ठूलो क्षतिको वर्ष रह्यो।

  • युरोप: सेप्टेम्बरमा आँधी बोरिसले मध्य युरोपमा ठूलो बाढी निम्त्यायो। अक्टोबरमा स्पेनमा बाढीले कम्तिमा २३० जनाको ज्यान लियो। यसले करिब १० अर्ब डलरको क्षति पुर्‍यायो।
  • खाडी क्षेत्र: अप्रिलमा खाडी क्षेत्रमा आएको बाढीले दुबई एयरपोर्टको सञ्चालन अवरुद्ध गर्‍यो।
  • संयुक्त राज्य अमेरिका: हेलेन र मिल्टन आँधीका कारण मात्र ५० अर्ब डलरको बीमाकृत क्षति भएको अनुमान गरिएको छ।

जलवायू परिवर्तनको उच्च जोखिमपूर्ण मुलुकको शीर्ष सूचीमा रहेको नेपालमा पनि असोज महिनामा भएको बेमाैसमी वर्षादले धनजनको ठूलो क्षति गरेको छ। २५० भन्दा बढीको ज्यान लिने गरी आएको बाढी र पहिरोले पुर्याएको क्षतिको पूर्ती गर्न अझै केही वर्ष लाग्नेछ।

स्विस रि ले चेतावनी दिएको छ कि जलवायू परिवर्तन र शहरी क्षेत्रको अनियन्त्रित फैलावटका कारण बीमित सम्पत्तीको क्षति बढ्दै जाने सम्भावना छ। “चरम प्रकोपको सामना गर्न अनुकूलन उपायहरू जस्तै बाँध, बाढी नियन्त्रण द्वार र संरचनात्मक सुधारहरू आवश्यक छन्,” कम्पनीले भनेको छ। अनुसन्धानले देखाएको छ कि यस्तो संरचना निर्माण पुनर्निर्माणको तुलनामा १० गुणा बढी लागत-प्रभावी हुन्छ।

यो तथ्यले जलवायू परिवर्तनका प्रभावलाई रोकथाम गर्न विश्वव्यापी सहकार्य र प्रतिरोधी संरचनाहरू निर्माणको महत्त्वलाई पुनः जोड दिएको छ। श्रोतः एएफपि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS