IME Life New

प्राइम कमर्सियल बैंकका मानन्धरको मुद्दा ३६ औं नम्वरमा, आज पनि सर्ने सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा सञ्चालक तथा सिईओहरुलाई उमेरहद तोक्ने सम्बन्धी व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालत गएका प्राइम कमर्सियल बैंकका निवर्तमान सिईओ नारायणदास मानन्धरको मुद्दाले आज पनि सुनुवाई पाउने सम्भावना न्यून रहेको देखिएको छ ।

सर्वोच्च अदालतमा दायर ०७६–डब्लुओ–००८९ नम्बरको उत्प्रेषणको आदेश माग गरिएको मुद्दाको आज पनि सुनुवाई हुने सम्भावना न्यून देखिएको हो । गत २३ गते हेर्न नभ्याइएको नारायणदास मानन्धरको मुद्दा आजको पेशीमा चढेको थियो । यसअघि साउन २३ गते न्यायाधिस मीरा खड्काको बेन्चमा परेको थियो । आजको पेशीमा प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर जबराको इजलासमा रहेको उनको मुद्दाभन्दा अगाडि ३५ वटा मुद्दा रहेकाले हेर्न भ्याउने सम्भावना न्यून रहेको हो ।

Esewa
Crest

मान्यतया, सर्वोच्च अदालतका न्यायाधिशले बढिमा १५ देखि २० वटा मुद्दाको फाइल एक दिनमा हेर्न भ्याउछन् । यद्यपि कहिलेकाँही अगाडिका मुद्दामा कुनै पक्षले स्थगित गराएर अन्तिम सूचिमा रहेको मुद्दाको समेत पालो आउने गर्दछ ।
जानकारहरुका अनुसार आजको सुनुवाईमा प्राईमका निवर्तमान मानन्धरको मुद्दामा सुनुवाई हुने सम्भावना न्यून छ ।

राष्ट्र बैंकले प्रमुख कार्यकारी र सञ्चालकको उमेर हद तोकेपछि अनिवार्य अवकाशमा परेका मानन्धर त्यस बिरुद्ध सर्बोच्च गएका थिए । मौद्रिक नीतिमा राष्ट्र बैंकले प्रमुख कार्यकारीको उमेरहद बढिमा ६९ बर्षसम्म काम गर्न पाउने, नयाँ नियुक्ती हुन ६५ वर्ष ननाघेको हुनुपर्ने, र सञ्चालकको हकमा ७० वर्ष नाघ्न नहुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS