IME Life New

प्राइम लाइफ १५औं बर्षमा प्रवेश, आगामी दिनमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १४औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेष्ठ २२ गते देखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गर्दै बीमितहरुलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्दै आएको छ । सवल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ ।

आगामी दिनहरुमा अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ । भविश्यमा थप बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने विश्वास कम्पनीले लिएको छ ।

Esewa
Crest

२ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हालसम्म कम्पनीले १७ लाख ५९ हजार ३४४ बीमालेख जारी गरी २६ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ । कम्पनीले १८ अर्ब ३४ कराड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश पनि वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७३ /७४ मा १२ दशमलव ५० प्रतिशत, आर्थिक वर्ष २०७४ /७५ मा १२ दशमलव ५० प्रतिशत, आर्थिक वर्ष २०७५/ ७६ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७६/ ७७ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

यस अवसरमा कम्पनीले जेष्ठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ ।

यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ । उत्कृष्ट सेवाको साथमा कम्पनीले उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS